इ चितवन खबर
June 05, 2025
तिम्रो रोजी पैसावाल गोजी
मेरो प्रेमको खोजी फरक छ
तिम्रो यात्रा शुन्यबाट एकतिर
मेरो एकवाट शुन्य तिर फरक छ
तिम्रो चम्किला शान मानको नगरी
मेरो स्वभिमानको पगरी फरक छन
तिम्रा तोलाका तोला गहना
मेरा खोलाका खोला पसिना
एकदम फरक छन
तिम्रो खोक्रा चेपारे लोकाचार
मेरा खदिँला टर्रा बिचार
फरक फरक छन
तिम्रा बजारका कटकटे नोट
मेरो अधरका छटपटे चोट
तिम्रा बजारीया हर्न
मेरो मझेरीया सुस्केरा
यि झन् नितान्त फरक छन्
तिम्रो दुनियाँ मेरो लागी भ्रम
बेग्लो छु त्यसैले त म त्यहीँ पनि एक्लो छु
मेरोमा भाउ सुनको भन्दा ऊनको बेसी
ऊनको भन्दा नुनको बेसी भईरहन्छ
कसरी भो? नसोध्नु
ठिक उल्टो भाउमा चल्छ मेरो बजार
केही जित्नु छैन साथी
सबै उत्तर लाग्छन म दक्षिण झर्छु
समतल छाडेर पहरो फोर्छु
अरु आकाश हेर्छन म जमिन
अरु फुलेको फूल टिप्छन्
म झरेका पात पतिङ्गर
अरु स्वर्ग माग्छन् म सङ्घर्ष
अरु भोजन माग्छन् म भोक
अरु हिस्सा खोज्छन म हुनर
यो समयखण्डमा यो सङ्गमा
कसैलाई नछिचोली बहेको छु
जीवन दिशा ठीक लिएको छु
देवताको शङखमुल पिएको छु
यसरी म जिएको छु
हो यसरी म जिएको छु।
- डा बिष्णु प्रसाद सुबेदी
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .