इ चितवन खबर
June 14, 2025
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बिच आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनै संलग्नता नरहेको जिकिर गरेका हुन । आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै उनले खेद ब्यक्तसमेत गरेका छन ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, म इमान र नैतिकताको राजनीति गरेर यहाँसम्म आएको हो, यस्तो काम मवाट हुनै सक्दैन्’, गृहमन्त्री लेखकले संसदमा भने ।
उनले संसदमा प्रस्टीकरण दिदाँ बेलमा पुगेर रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 12, 2025
November 09, 2025
November 03, 2025
November 02, 2025
November 01, 2025
October 27, 2025
October 24, 2025
October 20, 2025
October 10, 2025
September 28, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .