इ चितवन खबर
August 04, 2025
चितवन । फोर्ब्स कलेज, भरतपुरमा Certified Ethical Hacker (CEH) कार्यक्रमअन्तर्गत Intensive Ethical Hacking Boot Camp सम्पन्न भएको छ। विद्यार्थीहरूलाई साइबर सुरक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो बुट क्याम्पले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनमा केन्द्रित रह्यो।
फोर्ब्स कलेज भरतपुर-२ मा सञ्चालन हुँदै आएको BCS.IT (Cybersecurity), BHM तथा BBA कार्यक्रम अन्तर्गत विशेषगरी BCS.IT का विद्यार्थीहरूका लागि यो तालिम अत्यन्त उपयोगी भएको छ। फोर्ब्स कलेजले वि स. २०७४ देखि Bachelor लेभलमा साइबर सेक्युरिटीमा विशेषज्ञता प्रदान गर्दै आइरहेको छ। यही क्रमलाई निरन्तरता दिँदै कलेजले CEH को तालिम सञ्चालन गरेको हो।
उक्त बुट क्याम्पबाट चितवन तथा नवलपुर क्षेत्रमा EC Council Academia को एक मात्र पार्टनर को रूपमा रहेको फोर्ब्स कलेजमा अध्ययनरत विद्यार्थीहरूले वास्तविक जीवनमा आउने साइबर खतराहरूको विश्लेषण, ह्याकिङ प्रविधिको अभ्यास, र नेटवर्क सुरक्षा सम्बन्धी ज्ञान हासिल गरेका छन्।
फोर्ब्स कलेजको तर्फबाट कलेज प्रशासनले भविष्यमा पनि यस्ता व्यावहारिक तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। तालिममा सहभागी विद्यार्थीहरूले आगामी दिनमा साइबर सेक्युरिटी क्षेत्रमा आफ्नो भविष्य देखेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .