इ चितवन खबर
August 07, 2025
काठमाडौं । नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा १३ स्थानको फड्को मार्दै ८७औं स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । सन् २००३ बाट सुरु भएको महिला वरियताको इतिहामा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औं स्थान हासिल गर्नु नेपालको सबभन्दा उच्च वरियता थियो ।
स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ । अमेरिका यसअघि शीर्ष स्थानमा थियो भने स्पेन दोस्रो स्थानमा थियो । यसैगरी स्वीडेन छैटौंबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौं स्थानबाट इङ्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौं स्थानमा झरेको छ । त्यस्तै चार स्थानको फड्को मार्दै फ्रान्स छैटौं स्थानमा उक्लिँदा तीन स्थान तल झरेको ब्राजिल सातौं तथा जापान क्यानाडा र दक्षिण कोरिया क्रमषः आठौं, नवौं र १०औं स्थानमा छन् । जापान, क्यानाडा र कोरिया अघिल्लो वरियताको तुलनामा यसपाली एक स्थान तल झरेका थिए ।
एसियाली देशको बीचमा भने नेपालको स्थान १६औं छ । एसियाली देशमध्ये सबभन्दा माथि रहेको जापान विश्व वरियताको आठौं स्थानमा छ । दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ । भारतको विश्व वरियता ६७ छ भने एसियाली देशबीच भारतको स्थान १२औं छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरियतामा सबभन्दा धेरै सुधार गर्ने क्रममा २४ स्थानको फड्को मारेको बंगलादेश १०४औं स्थानमा पुगेको छ । एसियाली देशबीच १९औं स्थानमा उक्लिएको बंगलादेश दक्षिण एसियाली प्रतिद्वन्द्वीहरुमध्ये तेस्रो स्थानमा छ ।
यसैगरी दक्षिण एसियाका पाकिस्तान तीन स्थानको सुधार गर्दै १५४, दुई स्थान तल झरेको श्रीलंका १६१ आठ स्थानको सुधार गरेको भुटान १६३ तथा दुई स्थान तल झरेको माल्दिभ्स १६५औं स्थानमा छन् ।
एसियाली देशबीच पाकिस्तानको वरियता ३१औं छ भने श्रीलंका ३५, भुटान ३६ तथा माल्दिभ्स ३८औं स्थानमा छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
December 02, 2025
December 01, 2025
November 28, 2025
November 28, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .