इ चितवन खबर
August 08, 2025
नवलपुर । गैंडाकोट। पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ७ गैरिमा रहेको परिवर्तन नेपाल पुनर्स्थापना केन्द्रमा लागुऔसध तथा मादक पदार्थको दुर्व्यसनमा फसेकाहरुलाई नयाँ जीवन दिंदै आएको छ। लागुऔषध दुर्ब्यसन तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक कृयाकलाप तर्फ उत्साहित भएका युवाहरूलाई समाजमै पुनर्स्थापित गर्न २०७४ सालमा स्थापना भएको सुधार केन्द्रमा अहिले पनि ४० जनाले उपचार लिईरहेका केन्द्रका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।
दुर्व्यसनमा फसेकाहरुलाई केन्द्रले समूह बनाएर काउन्सीलिङ गर्ने,उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने र बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको केन्द्रका अध्यक्ष सापकोटाले बताए। सुधार केन्द्र भित्र रहेका लागुऔसध दुर्ब्यवसनीहरूलाई थेराप्याटिक र कम्युनिटिक माध्यमबाट उपचार गरिन्छ भने अर्को माया अनी स्नेह दिएर पनि उपचार गराउदै आएको अध्यक्ष सापकोटाको भनाई छ ।
‘हाम्रो पहिलो उद्देश्य त सेवनकर्ता हुनबाट रोक्ने हो’ उनले भने ‘कुनै व्यक्ति सेवनकर्ता भइसकेको छ भने त्यसको उपचार गरेर रिकभरी गर्ने र उससँग राम्रो व्यवहार गर्न आवश्यक छ । प्रयोगकर्ताको मनोबल बढाउन सके उनिहरुलाई कुलतबाट टाढा राख्न सकिन्छ ।’ सापकोटाले पहिलो प्राथमिकता दुर्व्यसनमा नफसून् भन्ने भएपनि यस्तो दुर्व्यसनमा फसिहाले त्यसलाई सामाजमा पुनर्स्थापना गर्न पनि उतिकै महत्वपूर्ण रहेको बताए ।
लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा व्यवहार गरिनुपर्ने केन्द्रका कार्यक्रम संयोजक बिजय चालिसेको भनाई छ । लागूऔषध प्रयोगकर्तालाई सामाजमा पुनस्थापना गर्न मनोसामाजिक परामर्श दिने, माया गर्ने, परिवारको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्न आवश्यक रहेको उनले बताए । १५/१६ वर्षको उमेरमा लागूऔषधको दलदलमा फस्ने सम्भावना बढी रहने भएकाले उक्त उमेर समुहका बालबालिकालाई सचेत गराउन आवश्यक रहेको संयोजक चालिसेले बताए ।
लागूऔषधमा फसेकालाई आवश्यक परामर्श दिन सके सामाजमा पुनः स्थापना गर्न सकिने बतादै उनले यस सुधार केन्द्रले पनि धेरै जनालाई बिदाई गरेको र उनीहरुले समाजमा नयाँ पहिचान बनाइसकेको अध्यक्ष सापकोटाको दाबि छ । केन्द्रबाट बिदा भएर गएपनि समय/समयमा हालखबर बुझ्न र नयाँ काम गरेबापत खुशियालीमा लड्डु तथा मिठाइहरू बोकर आउने गरेको देख्दा आफूलाई गर्व महसुस हुने गरेको अध्यक्ष सापकोटाले बताए।
विगतका दिनहरूमा आफू पनि यस्तै खराब कुलतमा फस्दा घर परिवार र समाजबाट पाएको तिरस्कार र बिग्रिएको सम्बन्धबाट धेरै पाठ सिकेको र अहिले नयाँ पुस्ताहरुमा पनि लागू औषध सम्बन्धि जनचेतना जगाउदै विभिन्न सामुदायिक बिद्यालय, कलेज तथा समाजमा सचेतता कार्यक्रम गर्दै आएको उनले बताए।
यो सुधार केन्द्रले लागु औषधमा फसेकाहरुलाई मात्र होइन समाजमा रहेका गरिव,बिपन्न र असाहयलाई समेत सगयोग गर्दै आइरहेको छ। यो सस्था सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रुपमा लागिरहेको छ। साथै निशुल्क रुपमा ब्याक्तिगत तथा परिवारिक परामर्श पनि यश केन्द्रले प्रदान गर्दै आएको छ ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 21, 2026
August 20, 2026
August 20, 2026
August 19, 2026
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .