ढोरपाटनतिर विचरण गर्दा

शशी पन्त

इ चितवन खबर

August 08, 2025

 “नयाँ भ्रमण एक्लै गर। सक्दैनौ आफूलाई माया गर्ने मानिस सँग गर।”प्रकृतिक सुन्दरता भनेपछि हुरुक्क हुनेम, हरिया पाटनमा फुलेका रङ्गी चङ्गी फूलहरू हेर्ने उत्कट चाहनाले वशीभूत भएर मैले ढोरपाटनको यात्रा गर्ने निर्णय गरेँ एक्लै। वर्षायामको सुरुवात सँगै सामाजिक सञ्जाल ढोरपाटनका बुकीफूल र घोडचढीका तस्बिरले सजि सजाउ भएको थियो। मेरो मन पनि बेलाबेलामा भुर्रभुर्र उडेर तिनै पाटनमा रमाउन पुगिहाल्थ्यो। आखिर मेरो मनको चाहनालाई मेरा गोडाले साथ नदिई धरै पाएनन्।

 

२०८२ साल साउन महिनाको ३गते भरतपुरबाट गाडी चढेर पोखरा तर्फ लागेँ। पोखरा पुग्दा निकै ठुलो पानी परेको हुँदा यात्राले गन्तव्य नपहिल्याउने होकि भन्ने मनमा ढुकढुक भइरहेको थियो। पोखराबाट हरेक दिन ढोरपाटनको लागि स्कर्पियो जान्छ भन्ने कुरा जानकारी भएको हुँदा मैले कलबाट नै गाडीको व्यवस्था गरेँ। बिहान सात बजे गाडी लिन आइपुग्योले कसाइडमा। गाडीमा दुई जना पोखराकै बहिनी रहेछन्, मुस्कुराउँदै आफ्नै छेउमा बस्न आग्रह गरे। नयाँ व्यक्तिलाई मुस्कानले स्वागत गर्ने सायद उनीहरूको आदत नै हुनुपर्छ।दुबै जना स्वास्थ्यकर्मी रहेछन्।

 

यात्रामा अपरिचित व्यक्ति पनि छिट्टै परिचित भइहाल्छ। हामी पनि एकैछिनमा वर्षौ पहिलेदेखिका घनिष्ट मित्र जस्तै भयौँ। आफूले अहिलेसम्म गरेका विभिन्न यात्राका अनुभवहरू बाँड्दै गयौँ। उनीहरू पनि पदयात्रा गर्न मनपराउने अनि धेरै पदयात्राको अनुभव बटुली सकेका पनि रहेछन्।

 

हामीहरू लुम्लेमा गएर बिहानको नास्तागरी यात्रालाई निरन्तरता दियौँ। अघिल्लो साँझदेखि परेको पानी भनेरो किनेकुनै छाँटकाँट थिएन। गाडी चालकलाई बाटो देख्न पनि मुस्किल परिरहेको थियो। हामी कुश्मा, बाग्लुङ बजार, हटिया हुँदै ऐतिहासिक स्थल गलकोटे राजाको दरबार अवलोकन गर्न पुग्यौँ। घडीले दिनको करिब दुई बजाउन आँटेको थियो, गाडीले बुर्तिबाङ ल्याइ पुर्यायो। त्यहाँको स्नेहा होटलमा निकै ताजा र स्वादिलो भोजन गरेर यात्रालाई अगाडि बढायौँ। पानी अझै रोकिएको थिएन र हाम्रो यात्रा पनि।बुर्तिबाङबाट अगाडिकोबाटो भने बर्खामा यात्रा गर्न अलिक जोखिम नै रहेछ। कच्चि बाटो ठाउँ ठाउँमा पहिरो झर्ने डर अनि तर्नु पर्ने खहरेखोलाहरू। निकै होसियार हुनुपर्ने। बाटोभरिगाडीमा जानेमात्र नभई बाइकमा जानेहरू पनि उत्तिकै देखिन्थे।बाइकमा जानेहरूको अवस्थादेख्दा कतिबेला निकै माया लागेर आउँथ्यो तकति बेला एकदमै हाँसो उठ्थ्यो।

 

बल्लतल्ल बिभिन्न जङ्घार छिचोल्दै बेलुका आठ बजे हाम्रो गाडी ढोरपाटन शिकार आरक्षको प्रवेशद्धारमा पुग्यो। सय रुपियाँको टिकट काटी ढोरपाटनको पर्यटकको सूचीमा आफ्नो नाम चढाएर ढोरपाटन प्रवेश गयौँ। त्यो साँझ ढोरपाटनको चिनारी गेष्ट हाउसमा बस्यौँ। त्यहाँ थुप्रै टोलीहरू थिए। जहाँ गए पनि जे गरे पनि दुःखी भए पनि खुसी भए पनि एउटी आमालाई आफ्ना सन्तानको याद तहर पल आइहाल्छ। एउटै उमेरका सात जना युवाहरूको टोली थियो।तिनीहरूलाई देख्ना साथ आफ्नै छोराको झल्को आइहाल्यो अनि नजिकै गएर उनीहरूसँग कुराकानी गरेँ। उनीहरू पोखरामा इन्जिनीरिङ पढ्दै गरेको र साथीहरू मिलेर घुम्न आएको कुरा बताए।

 

म एक्लो यात्रामा निस्किए पनि ती दुई जना बहिनी मेरो यात्राका आत्मीय साथी बनिसकेका थिए। त्यो साँझ हामीहरू भोलिपल्ट बिहानै उठेर बुकीपाटन जाने सल्लाह गरी भोलिको सफा मौसमको कामना गर्दै तीनै जना विस्तारामा पल्टियौँ।

 

बिहान मौसम खुलेको थियो। हामी निकै खुसी भयौँ।बिहानको नास्ता गरेर बाटोमा आवश्यक सामानहरू घोडामा चढायौँ र सात बजे हामी बुकीपाटनको लागि निस्कियौँ। जुन ४२००मिटरको उचाइँमा अवस्थित थियो। बाटै भरिरङ्गी चङ्गीफूलहरू, छङ्छङ् बज्ने खोला सुन्दर प्रकृति सँग साक्षात गर्दै हिँड्रदाको त्यो आनन्दानुभूति शब्दमा वर्णन गर्न त कहाँ सम्भव हुन्छ र?

 

हरेक ठाउँ पुगेपछि, हरेक भूगोल टेकेपछि त्यसको बेग्लै रङ देख्न पाइन्छ त्यसको बेग्लै स्वाद चाख्न पाइन्छ। उचाइँमा चढ्दै जाँदा बेग्लै संसारमा पुगे जस्तो अनुभूति भइरहेको थियो। नत बिजुली न इन्टरनेट, नत कुनै प्रदूषणले छोएको, जता ततै हरियाली अनिशान्त। मानिसहरू बुकीपाटनको लागि आवश्यक सामानहरूको ही घोडामा बोकाएर त कोही पिठ्युमा बोकेर लैजादै थिए। करिब एघार बजे हामी एउटा गोठमा पुग्यौँ त्यहाँ चिया पिउन पाइने रहेछ। हामीले पनि त्यो चिसो मौसममा तातोतातो चिया पिएर उकालीको थकानलाई सुस्तायौँ। त्यहाँ पुग्दा अरु पनि विभिन्न ठाउँबाट थुप्रै समूहहरू आइपुगेका थिए। त्यहाँबाट बुकीपाटन पुग्न अझै दुई घण्टा लाग्ने कुरा हामी सँगै जानु भएको ढोरपाटन कै एक जना दाइले बताउनुभयो। त्यहाँको मौसम पनि बडो अचम्मको हुँदो रहेछ। छिन छिनमै आफ्नो रुप परिवर्तन गर्दो रहेछ। हरियापाटन हेर्दैर फोटो खिच्दै हामी ४०००मिटर उचाइँमा रहेको गर्पा छेडा पुग्यौँ। चारैतिर मनै लोभ्याउने हरियापाटन अनि पाटनमा चरि रहेका घोडा, आँखालाई नियाल्नै हम्मेहम्मे पर्ने भेडाका बथान थिए। ठाउँठाउँमा भैँसीगोठ पनि। त्यहाँ पुगेको केही बेरमै पानी परेर पूरै पाटनलाई कुहिरोले ढाक्यो जसको कारण एकैछिनमा त्यो सुन्दर दृश्य कुहिरोमा विलिन भयो, साथै हाम्रो धीत मर्ने गरी फोटो रभिडियो खिच्ने रहर पनि। त्यहीँ टेन्ट लगाएर खाने बस्ने व्यवस्था पनि गरिएको रहेछ। हामी पनि टेन्टभित्र ओत लाग्न गयौँ। निकै चिसो भइ रहेको थियो तातो चिया र खाजाले जिउत तायौँ। एक घण्टासम्म कुर्दा पनि मौसमन खुले पछि त्यो भन्दा माथि चढ्ने जाँगर नै हरायो त्यहीबाट फर्किने निर्णय गयौँ।

 

भोलिपल्ट बिहान हाम्रो ढोरपाटनका थरिथरि फूल सँग रमाउने अनि उत्तरगङ्गाको उद्गमस्थल बराह क्षेत्र अवलोकन गर्ने योजना थियो। सोही अनुसार बिहानै त्यतैतर्फ लाग्यौँ। राति पानी परेपनि बिहान भने मौसम खुलेको थियो। कुनै एउटा कुशल शिल्पकारले कुँदे जस्तै वरिपरि हरिया थुम्का अनि बिचमा समथर पाटन प्रकृतिको त्यो अनुपमदेन। यहाँको सौन्दर्यमा लठ्ठ भएका बेला सौन्दर्यलाई बखान गर्ने सबै शब्द फिका फिका लाग्दा रहेछन्। पाटनमा ढकमक्क फुलेका फूलहरू देखेर मन त्यसै त्यसै पुलकित भयो। फूलहरूलाई मायाले स्पर्श गरेँ।सुन्दर दृश्यमा विचरण गर्न पाउँदा आँखा पनि दङ्ग थिए। फूलको सुगन्धलि नपाउँदा नाक पनि फुरुङ्ग थियो। पाटनमा घोडाचढीको नौलो अनुभव पनि लिएँ। पाटनमा घोडा कुदाएको दृश्यहरू पनि उत्तिकै हेर्न लायक देखिन्थे।

 

ढोरपाटन त धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको स्थान रहेछ। बराह क्षेत्रलाई धार्मिकस्थलको रुपमा चिनिने रहेछ। जहाँ उत्तरगङ्गाको उद्गमस्थल, बाइसधारा र बराहथान रहेछ। यस ठाउँमा जनैपूर्णिमामा ठुलो मेला लाग्ने रहेछ। विसं २०४४ सालमा स्थापना गरिएको ढोरपाटन शिकार आरक्ष १ हजार ३ सय पच्चिस वर्ग कि.मि. क्षत्रफलमा फैलिएको रहेछ। यसले रुकुम म्याग्दी र बाग्लुङका केही भाग ओगटेको रहेछ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिैको जनावरको शिकार गर्न पाइने रहेछ। यहाँका पाटनमा प्रशस्त घाँस भएको हुँदा पशुपालनको लागि योग्य रहेछ र दुध घिउ पनि मनग्य पाइँदो रहेछ। मलाई लाग्थ्यो ढोरपाटनमा त पर्यटकको सुविधाको लागि दुई चार होटल मात्र छन्त रहोइन रहेछ। मेरो कल्पना भन्दा विल्कुल फरक रहेछ। यहाँ त पुरानोमा नव बस्ती रहेछ। बाक्लो। पर्यटकको लागि ढोरपाटन रमाइलो गन्तव्य भएता पनि सेवा सुविधाको अभावले गर्दा त्यहीँ जीवननिर्वाह गर्नेहरूका लागि भने कष्टकर नै रहेछ।

 

समूहमा यात्रा गर्दा सुरक्षाको प्रत्यभूति हुनुको साथै रमाइलो माहोल सृजना पनि हुन्छ तर एक्लै यात्रा गर्नुका पनि आफ्नै विशेषता छन्। नत कसैलाई पछ्याउनु पर्ने हुन्छन कसैलाई पर्खिनु पर्ने। एक्लै हिँड्नु, एक्लै सुसेल्नु, खान मन लागे खानु, बस्न मन लागे बस्नु, मन लागेको ठाउँ घुम्नु, अपरिचितहरूको जीवन रुपी किताबका पानाहरू पल्ट्याउनु र अपरिचितहरूलाई क्षणभर भए पनि आत्मीय बनाउनु। एक्लो यात्रा गर्दा मन भित्रकोको पिलाले फुल्ने अनि फक्रिने मौका पाउने रहेछ। समूहको यात्रामा आफ्नै मनलाई अंशवण्डा गर्नुपर्छ। एक्लो यात्री हुँदा मनरमस्तिष्कलाई विभाजन गर्नुपर्दैन। आफ्नो मनको मालिक आफैँ, आफ्ना पाइलाको सम्राट आफैँ,  यात्राको छुट्टै आनन्दानु भूति ।

 

 

तेस्रो दिन मध्यान्ह तिर हामी घर फर्किने तरखरमा थियौँ तर मलाई भने त्यो प्रकृतिक सुदरतामा रमाउने अझै धीत मरेको थिएन त्यसैले फेरि अर्को पटक अलिक धेरै समय लिएर आउने छु र धीत मर्ने गरी ढोरपाटनको काखमा रमाउने छु भनी मनमनै प्रतिज्ञा गर्दै यसपटकको यात्रालाई बिटमार्दै त्यहाँबाट हिँडेँ। फर्किने क्रममा गलकोटको गाईघाट झरनाको सुन्दरदृश्यावलोकन गरी पोखरा आइपुग्दा निकै अबेला भइसकेको थियो। त्यो रात त्यहीँ बसी चौथो दिनमा यात्राका सुनौला पललाई मनमस्तिष्कमा सजाउँदै चितवन फर्किएँ। साँच्चिकै यो यात्राले मलाई नयाँ कुरा सिक्ने, जान्ने र भोग्ने अवसर जुराइदियो। साथै नयाँ यात्राको लागि साहस र ऊर्जा थपिदियो।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

July 02, 2026

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .