कम मूल्यमै टिकट उपलब्ध छ : वायुसेवा सञ्चालक सङ्घ

इ चितवन खबर

September 27, 2025

काठमाडौँ। नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक सङ्घले कम मूल्यमै हवाई टिकट उपलब्ध गराइएको दाबी गरेको छ । 


सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा हवाई कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराई रहेको स्पष्ट पारिएको छ ।


बडादसैँ, तिहार, तथा छठ पर्वको अवसर पारेर यात्रुसँग बढी हवाई भाडा दर लिएको भन्नेतर्फ सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले कम मूल्यमै टिकट उपलब्ध गराइएको र अब जारी गर्ने टिकट पनि कम मूल्यमा नै उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेको छ ।


यही असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारी सम्मिलित बैठकमा भएको छलफल बमोजिम वायुसेवा कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराउने निर्णय भएको सङ्घले जनाएको छ । साथै हाल दुर्गम क्षेत्रमा उडानको चाप त्यति नभएको र उक्त क्षेत्रको हवाई भाडा दर पनि एउटै रहेकाले सोही बमोजिम नै भाडा दर लिई उडान गरिरहेको पनि सङ्घले स्पष्ट पारेको छ ।


# अर्थ खबर

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .