इ चितवन खबर
October 04, 2025
काठमाडौँ । सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न भनेको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुनाका साथै बाटो मर्मतको कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइरहेको बेलामा विभागले सकेमम्म अनावश्यक रूपमा यात्रा नगर्न, यात्रा गरे पनि रातको समयमा यात्रा बढी जोखिमपूर्ण रहेकाले दिउँसो यात्रा गर्न सुझाएको छ ।
विजया दशमीका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहेसँगै रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी धनजनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।
विभागका प्रवक्ता प्रभातकुमार झाले असोज २० गतेसम्म बाढी पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाहरू बढ्न सक्ने र यसले राजमार्ग अवरुद्ध गरेमा तत्काल बाटो खुलाउने प्रयास गरिने तयारी भइरहेको बताए । 'पहिरोका कारण राजमार्ग अवरुद्ध भएको अवस्थामा हामी जतिसक्दो चाँडो बाटो खुलाएर यातायात व्यवस्थालाई सहज त गर्ने प्रयास गर्छौं । तर अस्वाभाविक रूपमा बाढी पहिरो आएर फिल्डमा खटिनै गाह्रो भयो भने तत्कालका लागि केही गर्न सक्दैनौँ,' उनले भने, 'तसर्थ केही दिन यात्रा नगरौँ । गर्नै परेमा मुख्य राजमार्ग प्रयोग गरौँ ।'
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 06, 2026
October 03, 2026
September 30, 2026
September 30, 2026
September 28, 2026
September 26, 2026
September 25, 2026
September 25, 2026
September 23, 2026
September 23, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .