इ चितवन खबर
October 10, 2025
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
आन्दोलनबाट ठूलो क्षति व्यहोरेको कांग्रेसले बिहीबारदेखि आगजनीबाट ध्वस्त केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक आयोजना गरेको छ । बैठक शुक्रबार पनि जारी छ । आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालय ध्वस्त पारेका थिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आगजनीका कारण कार्यालयका कुनै पनि सामान बचेका छैनन् र आगजनीबाट केन्द्रीय कार्यालयमा मात्रै करिब रु १० करोड बराबरको क्षति भएको छ ।
बैठकमा सामसामयिक राजनीतिक विषयमा र यही असोज २६ गते बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित ‘एजेन्डा’लगायत विषयमा समेत छलफल भएको छ । जेनजी आन्दोलनपछि पार्टीको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पहिलोपटक बसेको हो । आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनाका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्य लाभपछि आराम गरिरहेका सभापति देउवा बिहीबारको बैठकमा उपस्थित भएनन् । यद्यपि उनी असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । उक्त आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहससमेत सुरु भएको छ ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पदाधिकारीहरुले वर्तमान परिवेशमा भएको घटनाक्रमले उत्पन्न राजनीतिक र पार्टीगत चुनौतीको सामना गर्नुपर्नेलगायत विषयमा धारणा व्यक्त गरेका थिए । साथै पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भएको र समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय बैठकमा उठेको प्रवक्ता डा.महतले जानकारी दिए । राष्ट्रिय र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड तथा लुटपाट गर्नेलाई कारबाही नगरेसम्म निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठने कांग्रेसको भनाइ छ । आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा कांग्रेसका देशभरका ९५ नेता तथा कार्यकर्ताका निवासमा क्षति पुर्याइएको र ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेता कार्यकर्ताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 01, 2026
September 30, 2026
September 26, 2026
September 24, 2026
September 18, 2026
September 15, 2026
September 14, 2026
September 11, 2026
September 10, 2026
September 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .