कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ। नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ । 

    
कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो ।

    
गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले  विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

    
उहाँका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन् ।

    
यसैबीच, नेपाल भित्रिएका ती सवारीसाधनलाई गन्तव्यसम्म पु¥याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा विभिन्न चुनौती खेप्न परेको भन्सार प्रमुखको भनाइ छ ।

    
सोही समस्याका कारण मुस्ताङ भन्सारमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै पनि सडकमै रहेको पाइएको छ ।

    
चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा रु १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब रहेको छ ।
 
    
पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिनुभयो ।

    
कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा रु ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ । त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात  भएको छ ।

    
त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट रु २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिनुभयो ।

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
पछिल्लो तीन महिनामा रु ५० अर्ब ६० करोड सरकारी ऋण थपियो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या
पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित
गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन
तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने
विद्युतीय सामग्रीको व्यापार घट्यो
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो
व्यावसायिक सयपत्री फूल उत्पादन
बैङ्क तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सडक विभागले भन्यो-केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्नू
दसैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु
कम मूल्यमै टिकट उपलब्ध छ : वायुसेवा सञ्चालक सङ्घ
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने
सुनको मुल्य दुई लाख नाघ्यो
शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको सचिवत्रयलाई निर्देशन
सुनचाँदीको मूल्य बढ्यो
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन
सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ
चितवनमा कुखुरामा देखियो 'चिकेन एनेमिया भाइरस'

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .