रौनक हराउँदै लमजुङका चलचित्र हल

लमजुङ। कुनै समय लमजुङका चलचित्र हलहरू केवल फिल्म हेर्ने ठाउँमात्र थिएनन्, ती गाउँ–सहरका मानिस भेटघाट गर्ने, नयाँ चलचित्रको चर्चा गर्ने र मनोरञ्जनको मुख्य केन्द्रसमेत थिए । नयाँ फिल्म लाग्ने खबरसँगै हलमा टिकट काट्नेको भीड लाग्थ्यो । दर्शकहरू घण्टौँ लाइनमा बसेर चलचित्र हेर्न कुर्थे । कतिपय समयमा अतिरिक्त सोसमेत सञ्चालन गर्नुपर्ने अवस्था आउँथ्यो । बेँसीसहर, सुन्दरबजार, भोर्लेटार, भोटेओडारको फूलबारीलगायतका क्षेत्रमा सञ्चालन भएका चलचित्र हलहरूले लामो समयसम्म लमजुङको मनोरञ्जन संस्कृतिलाई धाने तर प्रविधिको विकास, टेलिभिजन, मोबाइल, इन्टरनेट तथा डिजिटल माध्यमको विस्तारसँगै चलचित्र हेर्ने शैली फेरिँदै गयो । त्यसको प्रत्यक्ष असर चलचित्र हलमा देखिन थाल्यो ।


कुनै समय दर्शकको भीडले भरिने लमजुङका अधिकांश चलचित्र हल अहिले बन्द भइसकेका छन् । जिल्लामा बाँकी रहेको पुरानो चलचित्र हलमध्ये बेँसीसहर नगरपालिका–८ सेरामा रहेको अन्नपूर्णा चलचित्र मन्दिरले भने अझै आफ्नो अस्तित्व जोगाइरहेको छ । सुन्दरबजार नगरपालिका–७ मा रहेको शान्ति चलचित्र मन्दिर कुनै समय लमजुङको प्रमुख मनोरञ्जन केन्द्र थियो । शान्ति चलचित्र मन्दिरका तत्कालीन सञ्चालक नवीन श्रेष्ठका अनुसार उक्त हल २०४९ सालतिर स्थापना गरिएको थियो । त्यतिबेला चलचित्र हेर्न मानिसहरू टाढाटाढाबाट घण्टौँ हिँडेर आउने गर्थे । कतिपय दर्शक बास बसेरसमेत बिहानको सो हेरेर फर्किने गरेको श्रेष्ठ सम्झनुहुन्छ । 

 

“पाँच–सात घण्टा हिँडेर मानिसहरू फिल्म हेर्न आउँथे । कतिपय त बास बसेर बिहानको सो हेरेर फर्किन्थे”, श्रेष्ठ भन्नुहुन्छ । त्यो समयमा शान्ति चलचित्र मन्दिरमा दर्शकको चाप निकै हुने गरेको उहाँ बताउनुहुन्छ । दिनमा तीन–चार वटासम्म सो सञ्चालन हुने र कहिलेकाहीँ राति ९ः०० देखि १२ः०० बजेको सोसमेत चलाउनुपर्ने अवस्था आउने गरेको थियो । विशेषगरी तीज, जनैपूर्णिमा तथा अन्य चाडपर्वमा हलमा अत्यधिक भीड लाग्ने गर्दथ्यो । “त्यतिबेला मनोरञ्जनको मुख्य माध्यम नै चलचित्र हल थियो । भोर्लेटार, नयाँगाउँ, गौँडा, श्रीमञ्ज्याङ, तनहुँको बाइसजगर माथिका गाउँहरूबाट समेत मानिसहरू फिल्म हेर्न आउँथे । हल मनोरञ्जन गर्ने ठाउँमात्र नभई भेटघाट गर्ने र सन्देश आदानप्रदान गर्ने माध्यम पनि थियो”, श्रेष्ठ भन्नुहुन्छ ।


शान्ति चलचित्र मन्दिरले स्थानीयस्तरमा रोजगारीसमेत सृजना गरेको थियो । हल सञ्चालनका क्रममा १०–१२ जनाले प्रत्यक्ष रूपमा काम गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । चलचित्र हलले सुन्दरबजार क्षेत्रलाई चिनाउनसमेत सहयोग पुगेको उहाँको भनाइ छ तर समय परिवर्तनसँगै हल सञ्चालनमा चुनौती थपिँदै गयो । विसं २०६० तिर मुलुकमा चलेको द्वन्द्वका कारण टाढाटाढाबाट आउने दर्शक घट्न थालेपछि हल सञ्चालनमा समस्या आएको श्रेष्ठ बताउनुहुन्छ । त्यस अवधिमा करिब एक वर्ष हल बन्द गर्नुपरेको थियो । “द्वन्द्वका कारण मानिसहरू टाढाबाट आउन छाडे । फेरि सञ्चालन गरेपछि केही समय दर्शक आए पनि विस्तारै अवस्था फेरिँदै गयो”, उहाँ सम्झनुहुन्छ ।


प्रविधिको विकास, मोबाइल, टेलिभिजन र इन्टरनेटको विस्तारले पनि चलचित्र हलमा असर गरेको उहाँको अनुभव छ । घरमै मनोरञ्जन पाउने सुविधा बढेपछि दर्शक घट्न थाले । साथै, दर्शकको रुचिअनुसार चलचित्र निर्माण हुन नसक्नु पनि अर्को कारण रहेको उहाँ बताउनुहुन्छ । “पहिले फिल्म हेर्न हलमै आउनुपथ्र्यो । पछि मोबाइल र टेलिभिजनबाटै मनोरञ्जन पाउन थालेपछि दर्शक घटे । हलहरू पनि समयअनुसार प्रविधिसँग अघि बढ्न नसक्नु एउटा कारण हुनसक्छ”, उहाँ भन्नुहुन्छ । कतिपय समयमा १०–१५ जना र कहिलेकाहीँ पाँच जनासम्म मात्र दर्शक आउने अवस्था आएपछि खर्च धान्न कठिन भयो । अन्ततः विसं २०७१  फागुन १८ गतेदेखि शान्ति चलचित्र मन्दिर बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।

 

लमजुङमा बाँकी रहेको पुरानो चलचित्र हलमध्ये अन्नपूर्ण चलचित्र मन्दिरले भने अझै आफ्नो यात्रा जारी राखेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त चलचित्र मन्दिर २०४९ सालमा स्थापना भएको हो । अन्नपूर्ण चलचित्र मन्दिरका सञ्चालक प्रकाश दनाईका अनुसार अहिले दर्शकको अवस्था पहिलेको जस्तो छैन । कुनै समय हल भरिभराउ हुने गरे पनि पछिल्लो समय दर्शक सङ्ख्या निकै घटेको छ । “केही समय अघिसम्म ५०–६० जनासम्म दर्शक आउँथे । अहिले बर्खाको समयमा १०–१५ जना, कहिलेकाहीँ पाँच–सात जनामात्र दर्शक आउने अवस्था छ”, दनाई भन्नुहुन्छ । दर्शक नपुगेका कारण कहिलेकाहीँ हल बन्द गर्नुपर्ने अवस्थासमेत आउने गरेको उहाँ बताउनुहुन्छ । 


चलचित्र हल सञ्चालनका लागि अहिले चलचित्र पाउनसमेत चुनौती रहेको उहाँको भनाइ छ । पहिले चलचित्र खरिद गरेर ल्याउने गरिए पनि पछिल्लो समय प्रतिशतका आधारमा चलचित्र प्रदर्शन गर्ने गरिएको बताउँदै उहाँ भन्नुहुन्छ, “मोबाइल र इन्टरनेटबाट चलचित्र छिट्टै उपलब्ध हुन थालेपछि दर्शक हलसम्म ल्याउन कठिन भएको छ ।” जिल्लाका अन्य हलहरू बन्द भइसकेको अवस्थामा एउटा हल पनि नरहनु राम्रो नहुने उहाँको भनाइ छ । “हल भनेको केवल व्यवसायमात्र होइन, जिल्लाको एउटा पहिचान पनि हो । मनोरञ्जनका लागि, ठूलो पर्दामा चलचित्र हेर्ने संस्कृतिका लागि पनि एउटा हल आवश्यक छ”, दनाई भन्नुहुन्छ । ठूलो लगानी भइसकेको र पुरानो पहिचान जोडिएको कारण अन्नपूर्ण चलचित्र मन्दिरलाई निरन्तता दिने उहाँको सोच रहेको छ । “हललाई आधुनिक सुविधा दिएर राम्रोसँग सञ्चालन गर्न सकियो भने भविष्यमा फेरि दर्शक आकर्षित गर्न सकिन्छ । त्यसैले यसलाई जोगाएर अगाडि बढाउने सोच छ”, दनाई भन्नुहुन्छ ।


दोर्दी गाउँपालिका–३ श्रीमन्ज्याङका करिब ७५–८० वर्ष उमेरका बुद्धिमान श्रेष्ठले पनि लमजुङको पुरानो चलचित्र संस्कृतिको अनुभव गर्नुभएको छ । अहिले उमेर ढल्किएसँगै उहाँको दैनिकी घरायसी काम, गाईवस्तुको हेरचाह र गाउँघरका सामान्य काममै बित्ने गरेको छ तर समय मिल्दा उहाँ अझै पनि बेँसीसहर आएर चलचित्र हेर्ने गर्नुहुन्छ । उहाँका लागि चलचित्र हल केवल मनोरञ्जन गर्ने ठाउँमात्र होइन, विगतको सामाजिक भेटघाट र रमाइलो समयको सम्झना पनि हो । पहिले गाउँबाट चलचित्र हेर्न जाने उत्साह, हलमा हुने भीडभाड र साथीभाइसँगको अनुभव अझै पनि उहाँको स्मृतिमा ताजै छ । कुनै समय सामूहिक मनोरञ्जनको प्रमुख केन्द्र बनेका लमजुङका चलचित्र हलहरू अहिले प्रविधि र बदलिँदो जीवनशैलीका कारण सङ्कटमा परेका छन् तर पुरानो सम्झना बोकेका दर्शक र बाँकी रहेको अन्नपूर्णा चलचित्र मन्दिरको प्रयासले लमजुङको सिनेमा संस्कृतिको अस्तित्व अझै जोगाइरहेको छ ।

बकर इदका अवसरमा जेठ १४ सार्वजनिक बिदा
चितवनमा मह उत्पादनमा कमी
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
नारायणगढ-मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै
प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना
तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा
भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
आजको मौसम : केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान
लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन
ओम शान्ति एकेडेमीको एसईईमा उत्कृष्ट नतिजा, दुई विद्यार्थीले ल्याए ४ जीपीए
एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
एसइई : एक महिनामै नतिजा, परिणाम पनि सुधारोन्मुख
प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
यसरी हेर्न सकिन्छ एसइईको नतिजा
सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी
नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .