ओम शान्ति एकेडेमीको एसईईमा उत्कृष्ट नतिजा, दुई विद्यार्थीले ल्याए ४ जीपीए

इ चितवन खबर

May 13, 2026

चितवन। भरतपुर महानगरपालिका–१० कटहरचोकमा अवस्थित ओम शान्ति एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थी तथा अभिभावकमाझ आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः स्थापित गर्न सफल भएको छ ।

विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्न सफल भएका छन् । विद्यालयले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजाको निरन्तरतालाई कायम राखेको विद्यालयका प्राचार्य टेक बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


प्राचार्य श्रेष्ठका अनुसार विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै विद्यार्थीको समग्र विकासमा विशेष ध्यान दिँदै आएको छ । “विद्यार्थीको मेहनत, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणकै कारण सफलता हासिल गर्न सम्भव भएको हो,” उहाँले भन्नुभयो ।विद्यालयमा अनुभवी, योग्य तथा प्रेरणादायी शिक्षकहरूद्वारा अध्यापन गराइने गरिएको छ । 

 

विद्यालयमा आधुनिक प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवस्थित प्रयोगशाला, समृद्ध पुस्तकालय तथा अतिरिक्त क्रियाकलापलाई समेत विशेष महत्व दिइँदै आएको छ । गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा, अनुशासन र व्यवहारिक ज्ञानलाई जोड दिँदै आएको कारणले पनि ओम शान्ति एकेडेमी विद्यार्थी एवं अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

May 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

May 13, 2026

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

May 13, 2026

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

May 13, 2026

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 13, 2026

एसइई : एक महिनामै नतिजा, परिणाम पनि सुधारोन्मुख

May 12, 2026

प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ

May 12, 2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

May 12, 2026

एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

May 11, 2026

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

May 11, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .