एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

इ चितवन खबर

May 13, 2026

भक्तपुर।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ । 
 
 
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसइईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 
 
 
यसवर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको र एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि परीक्षामा भने चार लाख ३० हजार ६६७ जना सहभागी भएको जानकारी दिनुभयो ।
 
 
ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ । 
 
 
नतिजामा चित्त नबुझेमा पुनर्योेगका लागि जेठ १ गतेदेखि ७ गतेसम्मको समय निर्धारण गरेका जानकारी दिनुभयो । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने २९ दिनमा नतिजा सार्वजनिक गरेको थियो ।  
 
 
सोमबार सार्वजनिक गरेको एसइईको नतिजामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको र यो नतिजा गत वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 
 
 
यसवर्ष प्रदेश अनुसार कोशीमा ५० हजार ८९०, मधेसमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ ग्रेडेड भएका छन् ।
 
 
परीक्षामा मधेस प्रदेशका ३१ हजार ७२५, कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन् ।
 
 
यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया बोर्डले छिट्टै सुरु गर्ने बोर्डका परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो । बोर्डले कक्षा ११ को भर्ना तयारी छिट्टै थालिने बताउँदै यसबारेमा शिक्षा मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेर भर्ना र पठनपाठनको मिति निर्धारण गर्ने जानकारी दिनुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

May 13, 2026

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

May 13, 2026

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

May 13, 2026

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

May 13, 2026

ओम शान्ति एकेडेमीको एसईईमा उत्कृष्ट नतिजा, दुई विद्यार्थीले ल्याए ४ जीपीए

May 13, 2026

एसइई : एक महिनामै नतिजा, परिणाम पनि सुधारोन्मुख

May 12, 2026

प्रधानमन्त्री सदनबाट बाहिरिनुभएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ

May 12, 2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

May 12, 2026

एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

May 11, 2026

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

May 11, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .