समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट सम्भव हुने बताउनुभएको छ ।


नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुयाउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।


राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । महासङ्घको सङ्गठनात्मक विस्तार र महासङ्घमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति भएको उल्लेख गर्दै उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो । यी दुई पक्षबीचको विश्वास र सहकार्यले आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।


उहाँले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढङ्गले उपयोग गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।


विशेषगरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु साझा दायित्व भएको राष्ट्रपति पौडेलले बताउनुभयो । डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पु¥याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सुनचाँदीको मूल्य घट्यो
मौलाकाली केबलकार पुनः सञ्चालनमा
एनपीएल क्रिकेट : चारटोली मैदानमा
तीन महिनामा साढे पाँच खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने
डिजेल र पेट्रोलको मूल्य बढ्यो
सुनचाँदीको मूल्यमा गिरावट
भरतपुर-१५ महेन्द्रचोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
भयरहित समाज निर्माण गर्न प्रतिबद्ध छु : महानिरीक्षक दानबहादुर कार्की
होटल पौवाको १६औं शाखा भरतपुरमा
कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता
पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
सुनचाँदीको मूल्य बढ्यो
वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो
विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह हुँदै
बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो
राजस्व बक्यौता उठाउन ‘एसएमएस’
बैंकिङ नाफा संकटको भित्री कथा
अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की
‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छ : प्रहरी अतिरिक्त महानिरीक्षक कार्की
चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .