पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

इ चितवन खबर

October 28, 2025


बागलुङ। चाडपर्वको समयमा यस पटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको छ । तिहारपछिको लामो बिदाका कारण बागलुङमा पर्यटकको सङ्ख्या यस पटक उल्लेख्य वृद्धि भएको हो । तिहार लगत्तै बागलुङमा पर्यटकको आगमनले होटलहरू भरिएका छन् भने व्यवसायी उत्साहित भएका छन् ।  अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ छन् । 


तिहार यता बागलुङका होटलमा पर्यटकको चाप बढेर व्यवस्थापनमा चुनौती बढेको छ । कतिपय पर्यटकलाई होटलको हलमा राखिएको छ । कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ भएका हुन् । 


विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्या बढेको छ होटल दि राजन बागलुङका सञ्चालक एन्जील शाक्यले बताइन् । उनका अनुसार तिहारको भोलिपल्टदेखि होटलमा शतप्रतिशत बुकिङ छ । बढी भएका पर्यटक म्याग्दी र पर्वत पठाइएको उनले सुनाइन् । दसैँ अगाडि भएको जेनजी आन्दोलन र बाढीपहिरोको कारण होटलमा खासै बुकिङ नभएको अवस्था थियो । तर तिहारपछि भने पर्यटक बढेको शाक्यले जानकारी दिइन् । मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् । 

 

जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयलगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा दुई दर्जनभन्दा बढी सुविधायुक्त होटल छन् ।

 


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .