इ चितवन खबर
April 23, 2025
चितवन । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल र श्री पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । स्कुल र हस्पिटलबीच उपचार सेवा छुटको बिषयमा सम्झौता भएको हो ।
सम्झौता अनुसार अस्पतालले स्कुलका शेयर सदस्य, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट दिनेछ । उपचारसँगै विभिन्न परीक्षणमा पनि अस्पतालले छुट दिनेछ ।
यस्तै हस्पिटलले औषधीमा ७ प्रतिशत तथा शल्यक्रिया, सिटीस्क्यान र क्याबिनमा १० प्रतिशत छुट दिनेछ । स्कुलले आयोजना गर्ने स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धित कार्यक्रम गर्दा हस्पिटलले आवश्यक सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा हस्पिटलका तर्फबाट अध्यक्ष चेतनाथ वाग्ले र अस्पतालका निर्देशक सुजन अधिकारी तथा स्कुलको तर्फबाट प्राचार्य इन्दिरा पन्त कार्की र सह प्राचार्य उपेन्द्र आचार्यले हस्ताक्षर गर्नुभएको छ । हस्पिटलका अध्यक्ष वाग्लेले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रीनल्याण्डसँग सहकार्य र सम्झौता गरिएको बताउनुभयो । यो सम्झौताले विद्यालय परिवारलाई धेरै सुविधा उपलब्ध गराउने स्कुलकी प्राचार्य कार्कीको भनाइ थियो ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख केदारप्रसाद सुवेदी, वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी, स्कुलका शिक्षक कृष्ण कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 23, 2025
May 23, 2025
May 23, 2025
May 21, 2025
May 21, 2025
May 20, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
May 19, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .