इ चितवन खबर
April 11, 2025
चितवन। युवा उद्यमी अभिषेक ठाकुरको नाम एउटा सफल व्यवसायीको रुपमा मात्रै सीमित छैन । उनले आफूलाई व्यवसायी सँगै समाजसेवामा समेत उभ्याउँदैछन् ।
युवा व्यवसायी अभिषेक व्यवसाय सँगै विभिन्न सामाजिक संघ/संस्थामा आबद्ध भएर सामाजिक काममा समेत सक्रिय हुँदै आएका छन् । भरतपुर-२, नारायणघाट स्थित बेलटाँडीका अभिषेक श्री भाष्कर इम्पेक्सका निर्देशक हुन् । वीरगञ्जमा मुख्य कार्यालय रहेको यस श्री भाष्कर इम्पेक्सको शाखा कार्यालय नारायणघाटको ओमशान्ति मार्गमा रहेको छ ।
इम्पेक्सले इलेक्ट्रोनिक्स सामान सँगै भाँडाबर्तन तथा प्लाष्टिकका सामानहरुको होलसेल बिक्री वितरण गर्दै आएको छ । अभिषेक निर्देशक रहेको श्री भाष्कर इम्पेक्सले मिथिला, मधु, एसपिएल, हककिङ, भ्याकुएयर ब्राण्डका उत्पादन तथा विभिन्न इलेक्ट्रोनिक्स ब्राण्डका उत्पादनहरुको होलसेल बिक्री गर्दै आएको छ ।
चितवन सहित नवलपरासी, धादिङ, काठमाडौँ, हेटौँडा, बुटवलसहित पूर्वका विभिन्न ठाउँमा सामान पुर्याउँदै आएको इम्पेक्सले आक्रमक रुपमा बजार विस्तार गरिरहेको छ । व्यवसायी अभिषेकको बिजनेस पोलिसीसँगै नम्र स्वभावका कारण उनीसँग व्यवसायिक सम्बन्ध बनाउनेहरु बढ्दै गएका हुन् ।
गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने उनको संस्थाले इलेक्ट्रोनिक्स, प्लाष्टिक तथा भाँडाकुडाका सम्पूर्ण सामग्रीहरु होलसेल मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । अभिषेक ठाकुर लायन्स क्लब अफ नारायणगढ प्रोप्रेशनलको सदस्य समेत छन् ।
Happy ( ५०% )
Sad ( २५% )
Surprised ( २५% )
Excited ( ०% )
Angry ( ०% )
July 10, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 10, 2026
July 09, 2026
July 09, 2026
July 09, 2026
July 09, 2026
July 09, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .