इ चितवन खबर
December 19, 2025
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएकामा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले महाधिवेशनलाई पार्टीको साझा सफलता भएको उल्लेख गर्दै ‘महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन’, भन्नुभएको छ । उहाँले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध, अनुशासित र जिम्मेवार बनाएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले पार्टीपङ्क्तिमा देखिएको उत्साह र सहभागितालाई ऐतिहासिक भन्दै महाधिवेशन सफल बनाउन भूमिका खेल्ने प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुक सबैलाई धन्यवाद दिनुभएको छ ‘सबैलाई बधाई !’ भन्दै उहाँले आगामी दिनमा पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई सङ्गठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न उपयोग गर्ने सो पार्टीले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .