इ चितवन खबर
February 22, 2026
चितवन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चितवन क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा होमिएका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी प्रचारप्रसारमा व्यस्त छन् । रत्ननगर–११ र १२ मा घरदैलोमा पुगेका बुर्लाकोटीले वृद्धवृद्धाबाट आशीर्वाद थाप्दै यसपटक आफूले हार्ने छूट नभएकोले यस क्षेत्रको आमूल परिवर्तनका लागि जिताउन आग्रह गरे ।
उनले घरदैलोमा पुगेका अन्य नेताकार्यकर्तालाई भने, ‘तपाईंहरुले राजेन्द्र बुर्लाकोटीका लागि होइन, बदलिएको कांग्रेसका लागि मत माग्नुहोला । बदलिएको कांग्रेसले नै देश बदल्छ । त्यसका लागि युवानेता पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन हरेक क्षेत्रबाट कांग्रेसलाई विजयी गराउनुपर्छ ।’
उनी सकभर आफैँ उपस्थित भएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । उनी खेतबारीमा काम गरिरहेका किसान, तरकारी बारी, मठमन्दिर, विभिन्न उत्सव मनाइरहेकादेखि काजकिरिया बसेका मतदातासम्म पुग्न भ्याएका छन् । उनले कांग्रेसले भर्खरै सार्वजनिक गरेको भिजन–१० मा आधारित प्रतिज्ञापत्रबारे मतदातालाई बुझाउने प्रयास गरिरहेका छन् ।
पूर्वी चितवन खास गरी क्षेत्र नं १ विकासमा पछाडि परेको भन्दै आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यहाँको भौगोलिक अवस्थाबारे नजिकबाट बुझेका र मतदाताका आशा र अपेक्षा महसुस गरेका उनले कृषि, पर्यटन, पूर्वाधार, मानव–वन्यजन्तु द्वन्द्व र भूमिहीनको समस्या समाधानका लागि यसपटक आफूलाई मत दिन आग्रह गरेका छन् ।
उनी भन्छन्, ‘म महिला, युवा, जेनजीका मुद्दाहरु सदनमा उठाउन सक्छु र सोहीबमोजिम बजेट ल्याएर यस क्षेत्रको परिवर्तन गर्न सक्छु ।’ आफू निर्वाचित भएपछि मतको सम्मान गर्ने र जनमतअनुरुप कामकारबाहीअगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनी भन्छन्, ‘म यही क्षेत्रमा आफ्नो अमूल्य समय खर्च गरिसकेको छु । जनताको दुःख–सुखमा सहयात्रा गरिरहेको छु । सुशासन मेरो पहिलो लक्ष्य हो । मलाई पैसा कमाउनु छैन । परिवार पाल्नु पनि छैन । र, व्यक्तिगत अभीप्सा पनि केही छैन । मलाई अन्तिमपटक मौका दिनुहोस् । भोटको गुन म विकास र समृद्धिमार्फत तिर्छु ।’
उनी तडकभडक र भीडयुक्त प्रचारशैलीमा विश्वास गर्दैनन् । सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ भन्ने उनले बुझेका छन् । उनी भन्छन्, ‘मलाई तिलस्मी कुरा गर्न आउँदैन । पूरा गर्न नसक्ने एजेन्डा मेरो छैन । कसैलाई गाली गर्ने स्वाभाव पनि मेरो होइन । म जे बोल्छु त्यो गर्छु र जे गर्छु त्यो मात्र बोल्ने गर्छु ।’
मतदातालाई अन्योलमा पारेर होइन आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै वृद्धवृद्धा, महिला, आदिवासी, जनजाति, युवा, जेनजी पुस्ताको मन जित्दै आएका बुर्लाकोटीले मतदाता भेट्दा आफू निकै उत्साहित रहेको बताएका छन् । भन्छन्, ‘चुनाव जित्ने सङ्केत मैले देखिसकेको छु । अहिले समाजमा माहोल पनि बुर्लाकोटीलाई यसपटक हेरौँ भन्ने छ । म सबै मतदाताप्रति निकै आशावादी छु ।’
क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक किरणभूषण सिंह ओलीले आफ्नो अमूल्य मत खेर नफाल्न मतदातालाई आग्रह गर्दै स्वच्छ छवि भएका राजेन्द्र बुर्लाकोटीको पक्षमा मतदान गर्न कन्जुस्याइँ गर्न नहुने बताए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
March 29, 2026
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .