सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाए : सभापति लामिछाने

इ चितवन खबर

February 27, 2026

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाउनुभएको छ । उहाँले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भन्नुभयो, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।”


आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।” पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उहाँले मतदातालाई आग्रह गर्नुभयो । जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।


त्यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताउनुभयो । अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उहाँले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।


चितवनले सिङ्गो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उहाँले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन् । चितवनवासीबाट सिङ्गो देशले सिक्नुपर्छ ।”


किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उहाँले बताउनुभयो ।


कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताउनुभयो । 


कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतमलगायतले सम्बोधन गरेका थिए ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

April 09, 2026

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

April 09, 2026

राष्ट्रिपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ

April 07, 2026

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

April 05, 2026

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

April 02, 2026

चारपटक म्याद थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न, निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

March 29, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .