अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा

इ चितवन खबर

February 28, 2026

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पार्टी नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
 
 
आज सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित बयलबास बजारमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँ २०४६ सालपछि नेता बनेका सबैको सम्पत्ति शुद्धिकरण गर्ने बताउनुभयो । निर्वाचनपछि सुरुमा एउटा अधिकार सम्पन्न र सशक्त आयोग तयार गरेर सबैको सम्पत्ति शुद्धिकरण गर्ने उहाँको भनाइ छ । 
 
 
सम्पत्ति शुद्धिकरणको रोलक्रममा आफू आग्रस्थानमा रहेकाले आफ्नो पनि सम्पत्ति शुद्धिकरण गर्ने जनाउँदै सभापति थापाले भष्टाचार निवारण गर्छु भनेर मात्र नहुने धारणा राख्नुभयो । “म प्रधानमन्त्री भएपछि मेरो पहिलो एजेण्डा भनेको देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्ने हो । त्यसका लागि पार्टीका पूर्व तथा वर्तमान नेताहरूको सम्पत्ति शुद्धिकरणबाट सुरु हुन्छ । सुरुमा शक्तिशाली आयोग बन्छ, पार्टीका पूर्वसभापति, पार्टीबाट मन्त्री तथा प्रधानमन्त्री भएका सबैको सम्पत्ति शुद्धिकरण गरिने छ”, उहाँले भन्नुभयो ।
 
 
सभापति थापाले देश बनाउने ‘एजेण्डा’ बोकेर हिँडेका दल कुनै नयाँ र पुरानो नहुने धारणा राख्दै यसतर्फ आममतदान सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले मतदातालाई संयमित भएर मुलुक, जनता र समाजको हितमा काम गर्नेलाई मत दिने निर्णय गर्न सबैलाई आग्रह गर्नुभयो । 
 
 
चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिएकाले मतदाताको घरघरमा पुगेर सत्य, तथ्य उजागर गरेर सहयोग गर्न पार्टी नेता, शुभेच्छुलाई चिर्न सभापति थापाले निर्देशन दिनुभयो । उहाँले मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्नुभयो । मधेस प्रदेशमा सर्लाही र रौतहटको शिक्षा र स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै आफूले यसलाई गम्भीर रूपमा लिएको उहाँले बताउनुभयो । 
 
 
आफू सर्लाहीको निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार भएकाले यहाँको मात्र विकास हुने हो कि भनेर चिन्ता गर्न नपर्ने भन्दै मुलुक विकास र सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने सभापति थापाले प्रतिबद्धता जनाउनुभयो । घरदैलोका क्रममा आफूले मधेसको वास्तविक समस्या देखेको बताउँदै उहाँले मधेसका दलित समुदायले झुपडीमा जीवन बिताउनुपर्ने अवस्था अन्त्य गर्ने उल्लेख गर्नुभयो ।  
 
 
देशले नयाँ परिवर्तन र गति चाहेको भन्दै त्यसका लागि आफू तयार रहेको सभापति थापाले जिकिर गर्नुभयो । “म प्रधानमन्त्री बनेपछि वार्षिक नभई हरेक महिना कार्यसम्पादन र आगामी योजनासहित नागरिकका नाममा सम्बोधन गर्नेछु । मधेसमा ठूलो समस्याका रूपमा रहेको मलखाद, बीउबिजन, सिँचाइ र उत्पादित कृषि उपजको मूल्यका लागि किसानले भौँतारिनु पर्दैन । किसानको एउटा कार्ड लिएर गएपछि सबै समस्या समाधान हुने व्यवस्था तयार गछौँ”, उहाँले भन्नुभयो ।
 
 
तीव्र गतिमा देशलाई अगाडि लैजाने, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार, रोजगारीका अवसर पहिचान र कार्यान्वयन आजको आवश्यकता रहेको भन्दै सभापति थापाले कांग्रेसलाई बहुमतसहित विजयी गराइदिन आममतदातासँग अनुरोध गर्नुभयो । कांग्रेस नेतृत्वको सरकार बनेमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार, रोजगारी सृजनालगायत क्षेत्रमा योजनाबद्ध काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

April 09, 2026

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

April 09, 2026

राष्ट्रिपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ

April 07, 2026

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

April 05, 2026

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

April 02, 2026

चारपटक म्याद थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न, निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

March 29, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .