इ चितवन खबर
March 15, 2026
काठमाडौँ।शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा रु चार हजार ८०० र चाँदीको मोल रु २२५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २७० निर्धारण भएको छ ।
गत शुक्रवार एक तोला सुन रु तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला रु तीन लाख १७ हजार र चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधवार रु तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 01, 2026
May 01, 2026
April 30, 2026
April 30, 2026
April 29, 2026
April 29, 2026
April 28, 2026
April 27, 2026
April 27, 2026
April 26, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .