इ चितवन खबर
June 25, 2026
चितवन। भरतपुर महानगरपालिका वडा नं. ७ कार्यालयद्वारा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्ने उद्देश्यले ‘सहायक सामग्री तथा आयआर्जनका लागि बाख्रा वितरण कार्यक्रम’ सम्पन्न गरिएको छ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र मणि काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गर्नुका साथै आयआर्जनमा टेवा पुग्ने उद्देश्यले बाख्रासमेत हस्तान्तरण गर्नुभयो।
वडा अध्यक्ष काफ्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन तथा उनीहरूको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रममा लाभग्राहीहरूले वडा कार्यालयप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्री तथा बाख्राले दैनिक जीवन सहज बनाउनुका साथै आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
June 24, 2026
June 24, 2026
June 24, 2026
June 24, 2026
June 24, 2026
June 23, 2026
June 23, 2026
June 23, 2026
June 22, 2026
June 21, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .