इ चितवन खबर
February 25, 2025
काठमाडौं। नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकका अनुसार अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको र आजै मंगलबार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साँवा र ब्याज भुक्तानी मिति भने चैत ६ गते निर्धारण गरिएको र यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 16, 2026
April 14, 2026
April 12, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 09, 2026
April 08, 2026
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .