विश्वको सबैभन्दा महंगो 'निलाे हिरा' को हुदैँछ लिलामी

इ चितवन खबर

April 10, 2025

दुबइ ।  दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ। 

 

यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ ।

 

सोथबीजले आयोजना गरेको प्रदर्शनीमा जम्मा ८ वटा अद्वितीय हीरा प्रदर्शनमा राखिएको थियो, जसको कुल तौल ७०० क्यारेटभन्दा बढी छ । यी हीराहरूमा रातो, गुलाबी, पहेंलो र रंगहीन हीरा समावेश छन् तर सबैको ध्यान खिच्ने हीरा दक्षिण अफ्रिकाको दुर्लभ १० क्यारेट निलो हीरा हो। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्ण नीलो हीरा मध्ये एक हो । अब मेमा हुने लिलामीमा यसको मूल्य २० मिलियन डलर सम्म जान सक्ने अनुमान गरिएको छ । यसको सौन्दर्यले विज्ञहरू र सङ्कलनकर्ताहरूलाई मंत्रमुग्ध गरेको छ।

 

खासमा सोथेबीको मध्य पूर्व दुबईका उपाध्यक्ष कटिया नोनु बोइसले विशेष नीलो हीरा लगाएकी थिइन्, जो कार्यक्रमको मुख्य आकर्षण बनेकी थिइन् । कातिया नौनौ बोइज २००८ देखि सोथबी कम्पनिको साथमा छिन्। उनी पहिलो पटक २०१५ मा दुबई आइन् र सोथबीको युएइको कार्यालय स्थापना गरिन्। 

 

उनले युनिभर्सिटी कलेज लन्डनबाट फ्रान्सेली साहित्यमा स्नातक गरेकी छिन्। दुबईलाई कला जगतको नयाँ केन्द्र बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन । उनको रूप र निलो हिरा लगाउने तरिका यति आकर्षक थियो कि सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा समेत यसको चर्चा हुन थाल्यो ।

 

सोथेबीको ज्वेलरी प्रमुख क्विग ब्रुनिङका अनुसार अबुधाबीलाई यस प्रदर्शनीको लागि छनोट गरिएको हो किनभने यहाँ हीराप्रति गहिरो समझ र स्नेह छ। यो एक क्षेत्र हो, जहाँ व्यापारी र हीरा सङ्कलक दुवै उपस्थित हुन्छन्। दुबईमा अन्तर्राष्ट्रिय ब्रान्ड र लगानीकर्ताहरूको उल्लेखनीय उपस्थिति छ।

 

मे २०२५ मा भएको लिलामीमा सोथबीको यो अनौठो निलो हीरा २० मिलियन डलरभन्दा बढीमा बेच्ने लक्ष्य राखेको छ। यसका लागि उसले मध्यपूर्व, युरोप र अमेरिकाका सम्भावित खरिदकर्ताहरूसँग सम्पर्क गरिरहेको छ।

 


# चितवन खबर # अर्थ खबर # अन्तर्राष्ट्रिय

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .