इ चितवन खबर
April 11, 2025
भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गर्नुभएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्ति सेनाका माध्यमबाट सेनाले दिएको योगदानको सराहना गर्नुभयो । त्यस अवसरमा उहाँले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी हुनुहुन्थ्यो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .