राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला

इ चितवन खबर

April 20, 2025

काठमाडौ। राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गते आज देखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । जसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ । बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

 

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । 


राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ’७% आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । यसमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै डिबेन्चर बिक्री नभएमा भने वैशाख २१ गतेसम्म बिक्री खुला रहनेछ । यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


केयर रेटिङ्स नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटङ प्रदान गरेको छ । यसले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता तुलनात्मकरुपमा पर्याप्त रहेको र न्यूनतम कर्जा जोखिम भएको संकेत गर्दछ ।


# चितवन खबर # अर्थ खबर

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .