इ चितवन खबर
May 14, 2025
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफुहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।
ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे ।
" आन्दोलन शान्तिपुर्ण हुन्छ। हामि भ्रष्टाचार , कुशासन , बेरोजगारी , योजनाबद्ध भैरहेको धर्मपरिबर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगती चाहन्छौं , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौ" थापाले भने ।
उनले थपे, "सरकार हाम्रो जायज माग र आन्दोलन प्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाबिक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ" ।
जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा कृयाशिल हुन कार्यकर्ता पङ्क्तिलाई सो अबसरमा निर्देशन सनेत उनले दिए ।
यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागत समेत गरे ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .