इ चितवन खबर
June 28, 2025
चितवन । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम लक्की मिडिया हाउसले गरेको बताउनु भएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा प्रमुख अतिथिको मन्तव्य राख्दै अधिकारीले राज्यको निकाले गर्ने काम निजी क्षेत्रले गरेको भन्दै मिडिया हाउसको प्रशंशा गर्नुभयो ।
यस्तो आर्थिक मन्दिको समयमा पनि निजी क्षेत्रबाट कलाकारको हौसला प्रवद्र्धनमा भूमिका खेल्नु सकारात्मक काम भएको उहाँको भनाइ थियो । राष्ट्रिय स्तरका कलाकारलाई विभिन्न विधामा सम्मानित गरी उत्प्रेरणा गर्नु प्रशंशनीय काम भएको उहाँले बताउनुभयो । देशको कला र संस्कृतिको संरक्षणमा लक्की मिडियाले हाउसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।
कलाकारले देशको संस्कृति, भाषा, भौगालिकतालाई जोड्ने भूमिका खेलेका भन्दै उनीहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने अधिकारीको भनाइ छ । उक्त अवार्ड वितरण कार्यक्रममा विभिन्न ११ वटा विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, समाजमा विशिष्ट योगदान पुर्याउने फरक क्षेत्रका नौ जनालाई व्यक्तिलाई समेत सम्मानित गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की'ले जानकारी दिनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .