विदेशी औषधि कम्पनीको जीएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दै अख्तियारमा उजुरी

इ चितवन खबर

July 09, 2025

काठमाडौं। औषधि व्यवस्था विभाग नेतृत्वले विदेशी औषधि कम्पनीको जीएमपी अडिटका लागि सिफारिस गर्दा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियारका अनुसार १९ असारसम्म झण्डै एक दर्जन उजुरी परेका छन्। अख्तियारका प्रमुख आयुक्त प्रेम राई, आयुक्तहरू र सचिवसमक्ष विदेशी औषधि कम्पनीको जीएमपी अडिटमा अनियमितता सम्बन्धि उजुरी परेका हुन्। 

 

प्रमुख आयुक्त राई समक्ष परेको उजुरीको दर्ता नं. सी-०८१२८६ रहेको छ भने अख्तियारका सचिवलाई परेको उजुरीको दर्ता नं. सी-०८१२९३ छ। अन्य सबै आयुक्तहरूलाई पनि यसबारेमा उजुरी परेको विवरण प्राप्त भएको छ। उजुरीमा विदेशी कम्पनीलाई नेपाली बजारमा औषधि बिक्री वितरण गर्न दिने स्वीकृती (अनुमतिपत्र) प्रदान गर्ने प्रक्रियामा गम्भीर अनियमितता गरेको, पहुँचको दुरुपयोग र ठूलो आर्थिक चलखेल भएकाले पूर्ण रुपमा छानविन नभएसम्म  प्रक्रिया यथास्थितीमा राख्न माग गरिएको छ।

 

विदेशी औषधि कम्पनीको जीएमपी अडिट प्रक्रिया अपारदर्शी गरी केही अत्यावश्यक औषधि आपूर्ति गर्ने कम्पनीको फाइल रोकिएको र सूची तयार पार्ने क्रममा व्यापारीको हस्तक्षेप भएको आरोपसमेत उजुरीमा छ। विदेशी औषधि नेपाली बजारमा बिक्री वितरणका लागि झण्डै १ सय २० भन्दा बढी कम्पनीको निवेदन परेको थियो। जसमध्ये विभाग नेतृत्वले अपारदर्शी रुपमा झण्डै ३ दर्जनजति विदेशी औषधि कम्पनीलाई नेपाली बजारमा औषधि वितरण गर्न अनुमति दिने गरी जीएमपी अडिटको प्रक्रिया अगाडि बढाएको पाइएको छ। सार्वजनिक सूची प्रकाशित गर्नुपर्नेलगायतका प्रावधान विभागले पूरा नगरेको व्यवसायीको आरोप छ।

 

विभागले विदेशी औषधि कम्पनीको जीएमपी अडिट सूची तयार गरेर झण्डै तीन हप्ताअगाडि मन्त्रालयमा फाइल पठाएको थियो। त्यसको केही दिनमै अख्तियारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र विभागका महानिर्देशक नारायण ढकालविरुद्ध उजुरी परेपछि उक्त प्रक्रिया तत्काल अगाडि बढ्न नसकेको बताइएको छ।

 

झण्डै २५ सय बढी औषधिको कानुन विपरित मूल्यवृद्धि गरेको आरोपमा अख्तियारको छानविनमा रहेका महानिर्देशक ढकाललाई विभागको जिम्मेवारी चाबी सुम्पिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि अडिट सदर गर्ने आशंका कतिपयले व्यक्त गरेका छन्। तर, मंगलबार विदेशी कम्पनीको जिएमपी अडिट प्रक्रिया र उजुरीका विषयमा स्वास्थ्य सचिव डा. देवकोटासँग बुझ्न खोज्दा उनले फोन उठाएनन्।

 

औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले भने आफूले समयमै निर्णय गरेर फाइल मन्त्रालयमा पठाएको तर कुनै पनि निर्णय नभएकाले यस विषयमा टिप्पणी नगर्ने बताए।

 


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

June 23, 2026

सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो

June 19, 2026

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

June 17, 2026

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

June 14, 2026

सरकारी अस्पतालमा बिरामीका भार

June 12, 2026

रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

June 11, 2026

‘औषधिको गुणस्तरमा भिन्नता छैन’

June 10, 2026

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

June 08, 2026

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

May 27, 2026

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

May 27, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .