इ चितवन खबर
July 13, 2025
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने जनाए ।
प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिइ ठुला ठुला चाक्ला बनाएर व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । उनले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने बताउँदै शिक्षा र स्वास्थ आदिका क्षेत्रमा ठुलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठुलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।
"यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली काङ्ग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।" उनले भने ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिए।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .