इ चितवन खबर
July 23, 2025
बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपनामाथि तुषरापात भएको बताएका छन । मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपनि विभाजन चाहनेहरुको सपना तुहिएको बताए ।
पुष्पलाल स्मृती दिवसको अवसरमा एमालेले बुधबार बुटवलको आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।
“एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारापात भएको छ”–पौडेलले भने, “पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिष गर्ने तत्वहरु सपना विफल भएको छ ”। अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि बताए । उनले शलाई अस्थिर बनाइ राख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको उल्लेख गर्दै तर सरकारले यी सबै प्रयत्नलाई चिर्दै अगाडि बढिरहेको बताए ।
सरकार ढल्दैछ भनेर बारम्बार प्रचार गर्ने गरिएको, केही भएन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाइ गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भने, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको छ ।”
उहाँले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी ०८४ सम्मै यो गठबन्धन कायम रहने पनि बताउनुभयो । “बाहिर जसरी गठबन्धन भत्किंदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन, शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको निर्माण भएको हो”–अर्थमन्त्री पौडेलले भन्नुभयो–“आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।”
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बुधबारै रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम धामको पनि अवलोकन गर्नुभएको छ । त्यस अवसरमा बोल्दै उहाँले बोलबम धामको विकासका लागि सरकारले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .