कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा

इ चितवन खबर

July 25, 2025

धादिङ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उहाँको भनाइ छ । 

 

नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो ।“अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ । कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ”, उहाँले भन्नुभयो, “बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।”

 

कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशाङ्क कोइरालालगायत केन्द्रीय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै स्व नेता उप्रेतीका विगतका सङ्घर्ष सम्झदै प्रशंसा गर्नुभयो । 

 

विसं १९८५ मा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

April 09, 2026

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

April 09, 2026

राष्ट्रिपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ

April 07, 2026

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

April 05, 2026

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

April 02, 2026

चारपटक म्याद थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न, निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

March 29, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .