राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी

इ चितवन खबर

July 26, 2025

काठमाडौँ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताउनुभएको छ । 


पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले जननेता मदन भण्डारीबाट एमालेको सदस्यता प्राप्त गरी शपथ लिएको उल्लेख गर्दै पार्टीको निर्णयबमोजिम राष्ट्रपतिबाट जिम्मेवारी पूरा गरी पुनः एमालेमा मै फर्किएको बताउनुभयो । 

    
“म राजनीति गरेरै राष्ट्रपति पदमा निर्वाचित भएकी हुँ र बाँकी जीवन पनि राजनीतिमा समर्पित गर्नेछु”, उहाँले भन्नुभयो, “मलाई कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम लेखिसकेकी छु ।”

    
पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नभएको समेत बताउनुभयो । एमालेको हालै सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । 

    
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) प्रति एमालेका नेता, कार्यकर्ता र जनसङ्गठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज पार्टीले सफलता हासिल गरेको बताउनुभयो । 

    
“पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रै हो । जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर मुलुकलाई समुन्नत बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

April 09, 2026

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

April 09, 2026

राष्ट्रिपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ

April 07, 2026

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

April 05, 2026

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

April 02, 2026

चारपटक म्याद थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न, निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

March 29, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .