अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य, निजी क्षेत्रलाई पनि जाँचपासको अधिकार

इ चितवन खबर

August 03, 2025

काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वैधता अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष पु¥याएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको संशोधनअनुसार अब एकपटक जारी गरिएको लाइसेन्स १० वर्षसम्म नवीकरण गर्न नपर्नेछ। संशोधित ऐनको दफा ५४ मा यो नयाँ व्यवस्था उल्लेख गरिएको छ, जसले सेवाग्राहीलाई बारम्बार लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ।

 

त्यस्तै, सवारी साधनको जाँचपास तथा प्रदूषण परीक्षणको व्यवस्था पनि परिमार्जन गरिएको छ। अब निजी क्षेत्रका योग्य र मापदण्डअनुसार अनुमोदित संस्थाहरूले पनि सवारी साधनको जाँचपास र प्रदूषण परीक्षण गर्न सक्नेछन्। ऐनको दफा १६८ मा गरिएको संशोधनले यस्तो कानुनी आधार प्रदान गरेको हो।

 

सरकारको भनाइ अनुसार यो कदमले सरकारी कार्यालयमा पर्ने चाप कम गर्ने, सेवा प्रवाह प्रभावकारी बनाउने र जनसाधारणको पहुँच सजिलो बनाउने उद्देश्य राखिएको छ। साथै, निजी क्षेत्रको सहभागिता बढेसँगै प्रदूषण नियन्त्रणसम्बन्धी प्रयासहरू थप प्रभावकारी हुने विश्वास गरिएको छ।

 

सवारी तथा यातायात व्यवस्थालाई प्रविधिमैत्री, दीर्घकालीन र समावेशी बनाउने प्रयासस्वरूप गरिएको यो कानुनी सुधारले चालकदेखि सवारीधनीसम्म सबैलाई सजिलो र पारदर्शी सेवा दिन मद्दत गर्ने सरकारी दाबी छ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .