स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

इ चितवन खबर

August 03, 2025

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेका उल्लेख गर्नुभयो ।  

    
मन्त्री डा राणाले भन्नुभयो, “ग्रामीण बस्तीदेखि सहरका अस्पतालसम्म नै नर्सहरुको सेवा, समर्पण र बिरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ ।” 

    
बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र बिरामीहरुलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृशिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उहाँले बताउनुभयो । 

    
मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 
    
    
मन्त्री डा राणाले भन्नुभयो, “नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।”

    
उहाँले नेपालमा ‘सेफ मदरहुड नेटवर्क’मार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेसालाई समयानुकूल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 
    
    
मन्त्री डा राणाले नर्सिङजस्तो महत्वपूर्ण र संवेदनशील विषयका स्नातकहरुलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यावहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीहरुको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिनुभयो । 
    
    
नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उहाँले भन्नुभयो, “यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।”


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति

April 25, 2026

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति

April 14, 2026

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष

April 13, 2026

संविधानको भावना र जनचाहना बमोजिम काम गर्न राष्ट्रपतिको आग्रह

April 10, 2026

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

April 09, 2026

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

April 09, 2026

राष्ट्रिपतिको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्षद्वारा उपाध्यक्षको गोपनीयताको शपथ

April 07, 2026

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

April 05, 2026

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

April 02, 2026

चारपटक म्याद थपेर बल्ल कालिकाको प्रशासकीय भवन सम्पन्न, निर्माण कम्पनीलाई रु एक करोड १६ लाख जरिवाना

March 29, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .