करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय

इ चितवन खबर

August 22, 2025

चितवन। आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।
 
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो ।  व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे  जानकारी दिइएको छ ।  उहाँले भन्नुभयो, “बिलबिजकको प्रयोग, करसम्बन्धी ‘पोर्टल’सञ्चालनबारे सिकाएका छौँ ।”
 
उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिएभने  चालु आवको पहिलो  महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् । चालु आवको पहिलो महिनामा रु १५ लाख ३३ हजार ९११ राजस्व सङ्कलन भएको छ । गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको थियो ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .