मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

इ चितवन खबर

February 24, 2025

धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ ।फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाइँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिड्दा मूड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ । हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ । यसरी हेर्दा तिब्र गतिमा हिड्नुका धेरै फाइदाहरु छन् । तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिड्ने ? यसको बारेमा हामी केही जानकारी दिनेछौं ।

 

खाली पेटमा हिडनुको फाइदाः
यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिड्नु तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ । 

 

शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईं हिँड्नुहुन्छ, तपाईंको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ। मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।


खाजा खाएर हिड्नुका फाइदाः
बिहानको खाजा पछि पनि हिड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ । खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। तपाईको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ । यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ । साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ । यदि तपाईं बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईंको पाचनलाई पनि स्वस्थ राख्छ।


# स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

अस्पताल सेवा सुधार कार्यविधि जारी

April 12, 2026

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

April 12, 2026

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

April 04, 2026

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

March 31, 2026

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

March 22, 2026

अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा

March 17, 2026

सेताे काेट भित्र सेताे साेच राखी राेग र चाेट सँग लड्ने मान्छे : फर्मासिष्ट

March 17, 2026

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

March 12, 2026

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

February 04, 2026

स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

February 04, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .