मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

इ चितवन खबर

February 24, 2025

धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ ।फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाइँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिड्दा मूड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ । हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ । यसरी हेर्दा तिब्र गतिमा हिड्नुका धेरै फाइदाहरु छन् । तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिड्ने ? यसको बारेमा हामी केही जानकारी दिनेछौं ।

 

खाली पेटमा हिडनुको फाइदाः
यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिड्नु तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ । 

 

शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईं हिँड्नुहुन्छ, तपाईंको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ। मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।


खाजा खाएर हिड्नुका फाइदाः
बिहानको खाजा पछि पनि हिड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ । खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। तपाईको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ । यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ । साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ । यदि तपाईं बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईंको पाचनलाई पनि स्वस्थ राख्छ।


# स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

May 23, 2025

भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल

May 06, 2025

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

May 03, 2025

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’

April 29, 2025

अस्पतालमा मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसहितको छड्के अनुगमन

April 28, 2025

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

April 08, 2025

क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्दै

April 08, 2025

किन बढ्दै छ, वायु प्रदूषण ?

April 04, 2025

वायु प्रदूषण हुँदा मानिसहरुले के गर्ने र के नगर्ने ? वायु गुणस्तर सूचकांक भनेको के हो ? AQI को महत्त्व

April 04, 2025

वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

March 26, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .