कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न

इ चितवन खबर

May 19, 2025

काठमाडौं। सोह्रौं प्रिज्मा डिसिने अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । किर्तीपुरको कीर्तिपुर सिनेप्लेक्स सिनेमा हलमा आयोजित भव्य कार्यक्रमका बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो ।  

 

छायाँछवी क्रियसनको प्रस्तुतिमा भएको अवार्डमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि रहेका थिए । चलचित्र सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । समारोहमा कलाकार दिपकराज गिरी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘छायाछवी चलचित्रकर्मी रजत सम्मान’’ अर्पण गरियो । नेपाली चलचित्र क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पू¥याएको अतुलनिय योगदानको कदर गर्दै गिरी र उप्रेतीलाई सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बिशिष्ट कलाकारद्वय बसुन्धरा भुसाल, चैत्यदेवी लगायतको हातबाट दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सञ्चारकर्मी गीता अधिकारी ‘रेखा फिल्म्स् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट नगद १६ हजार रुपैयाँ सहित पुरस्कृत भइन् । 

 

सोहि समारोहमा अन्य गीतसंगीत, चलचित्र क्षेत्रका कलाकार र व्यवसायीलाई सम्मान गरिएको थियो । गायिका अनिता कुवँरलाई छायाँछबि गायनकला सम्मान अर्पण गरियो भने नवीनश्रेष्ठ, निखील बिसी, ओम अग्रवाल र प्रिज्योल भण्डारी छायाँछबि कला सम्मानबाट सम्मानित भए । त्यस्तै छायाँछबि संगीत ब्यबसायी सम्मानबाट शिवराज पौडेल सम्मानित भए ।  अवार्ड कार्यक्रममा चलचित्र अगत्स्यबाट सौगात मल्ल सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाले भने केकी अधिकारी प्रसाद २ बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् । त्यस्तै, बुलाकी सर्वोत्कृष्ट फिल्म घोषित भयो भने दिमाग खराब चलचित्रबाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।  

 

चलचित्र बुलाकीबाट राजबहादुर सानेले उत्कृष्ट लेखनको अवार्ड हात पार्दा नाङ्गो गाउँबाट शिशिर वाङदेल सर्वोत्कृष्ट खलपात्र घोषित भए ।  सर्वोत्कृष्ट छाँयाकार बुलाकीबाट शिव ढकाल, ऐंचो पैंचोबाट विपीनमल्ल/भुपेन्द्र अधिकारी सर्वोत्कृष्ट सम्पादक बन्न सफल भए । यसैगरि अर्जुन पोखरेल सर्वोत्कृष्ट संगीतकार उपहार (कहिले बार बिर्सिन्छु), करण परियार रातले कु¥र्या चन्द्रमा (बुलाकी), दुर्गा खरेल तिमी बदनामी गीतबाट (नीरफुल )सर्वोत्कृष्ट पाश्र्वगायिका, हर्क साउद रीत (जारी), शाश्वत श्रेष्ठले उपहार चलचित्रबाट सर्वोत्कृष्ट पाश्र्व संगीतको अवार्ड हात पारे । उपहार चलचित्रबाटै सञ्जय श्रेष्ठले सर्वोत्कृष्ट ध्वनी मिश्रणको अवार्ड चुमे । 

 

 यस्तै, जारी चलचित्रबाट उपेन्द्र सुब्बा उत्कृष्ट नवनिर्देशक घोषित भए भने रितेश चाम्सले गोर्खा वारियरबाट उत्कृष्ट नवअभिनेताको अवार्ड उचाल्न सफल भए भने नवअभिनेत्री नीरफुलबाट शान्ति वाइवाको हातमा प¥यो । उत्कृष्ट द्धन्दनिर्देशकको अवार्ड श्री श्रेष्ठले काँडेतारबाट चुमे भने कविराज गहतराजले काले केटाले (ऐंचोपैंचो) बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड हात पारे । यसैगरि अगत्स्यबाट नाजीर हुसेन सर्वोत्कृष्ट सह-अभिनेता घोषित भए भने उपहारबाट  अभिनेत्री पूजा शर्मा सह-अभिनेत्री ठहरिन् । नवअभिनेता जुरी अवार्ड बुलाकी चलचित्रबाट बिराज विष्टले उचाले ।

 

अवार्डका लागि चलचित्र सेलेक्सन कमिटिको जुरीमा शोभा पाण्डे, राजन खरेल र कमल एक्चै मगर रहेका थिए । मोहन निरौलाको संयोजनमा बनेको अवार्डको जुरी मण्डलमा बिजय रत्न तुलाधर, सन्तोष श्रेष्ठ, शोभीता सिंखडा रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका देविका बन्दना, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, अभिनेता गजित विष्ट, प्रिज्मा टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी निराजन भण्डारीले संचालन गरेका थिए भने कार्यक्रममा अस्मिता पुरी र सुरेन बसेलको नृत्य समूहले सांगीतिक प्रस्तुति दिएका थिए ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

रौनक हराउँदै लमजुङका चलचित्र हल

October 02, 2026

मौसम खुल्यो, ‘आचार्य’ले देखायो आशा, झरीका बीच पहिलो दिन दर्शकको उल्लेख्य साथ

September 26, 2026

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

September 13, 2026

वरिष्ठ गायक आनन्द कार्कीले दैवी प्रकोप उद्धार कोषमा गरे आर्थिक सहयोग

August 31, 2026

भदौ २५ गते डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले आउने

August 25, 2026

विराटनगरमा सुशील कोइराला फाउण्डेशनको दिदीबहिनी तीज मिलन कार्यक्रम हुने

August 25, 2026

चितवनकी गायिका एश्वर्णा श्रेष्ठको " जहिले देखि" सार्वजनिक

August 20, 2026

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

July 24, 2026

‘प्रज्वलको गोली’ म्युजिक भिडियो सार्वजनिक

June 24, 2026

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

June 20, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .