चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरन्जीबी सुवेदी विजयी

इ चितवन खबर

January 06, 2026

चितवन । उद्योग वाणिज्य संघ चितवनको ५९औँ साधारणसभा तथा अधिवेशनबाट चिरञ्जिवि सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। सुवेदीले अध्यक्षका प्रत्यासी शिरिष पन्तलाई २९९ मतान्तरले पराजित गर्दै संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।


निर्वाचन परिणाम अनुसार सुवेदीले १ हजार ४८४ मत प्राप्त गर्दा पन्तले १ हजार १८५ मतमा सीमित भए। व्यवसायी समुदायको उल्लेखनीय सहभागिताबीच सम्पन्न निर्वाचनले संघमा नयाँ नेतृत्वप्रति उच्च अपेक्षा देखाएको छ।


वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका राजेन्द्र ओली विजयी भएका छन् भने उपाध्यक्ष पदमा नारायण प्रधान र राजन पियाले सफलता हात पारेका छन्। अर्का उपाध्यक्षमा भने पन्त प्यानलका जनक पौडेल निर्वाचित भएका छन्। संघका अन्य अधिकांश सदस्य पदमा पनि सुवेदी प्यानलकै उम्मेदवार विजयी भएका छन्।


सोमबार सम्पन्न मतदानमा कुल ३ हजार ३ सय ७१ मतदातामध्ये २ हजार ७ सय १९ मत खसेको थियो, जसले व्यवसायीहरूको सक्रिय सहभागिता झल्काएको छ।


हरेक दुई–दुई वर्षमा अधिवेशन हुने संघको नयाँ नेतृत्वले चितवनको उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको हकहितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .