इ चितवन खबर
October 04, 2026
काठमाडौं। परिवर्तन नेपालले काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमा विभिन्न व्यक्तित्व तथा कलाकर्मीहरुलाई २०८२ सालको श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा परिवर्तन सम्मान हस्तान्तरण गरेको छ ।
समारोहमा कलाकार शारदा गिरी तथा निर्देशक कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ अर्पण गरिएको छ भने ‘चेतन कार्की स्मृति पुरस्कार’ सञ्चारकर्मी कृष्ण भट्टराईलाई अर्पण गरिएको छ ।
सञ्चारकर्मी कृष्ण भट्टराईलाई नेपाली फिल्म क्षेत्रको विकास विस्तार तथा पेशाकर्मीको उत्थानका लागि विगत तीन दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहि योगदान पुर्याएवापत चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कार २०७९ सालमा स्थापना गरिएको हो । पत्रकार भट्टराई हाल कलाकर्मी डट कममा प्रधान सम्पादक तथा प्रकाशकको रुपमा कार्यरत छन् ।
समारोहमा विगत चार दशक देखि नेपाली फिल्म, टेलिफिल्ममा अभिनय गर्दै आएकी कलाकार शारदा गिरी तथा विगत अढाई दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, फिल्म तथा टेलिफिल्ममा निर्देशन तथा अभिनय गर्दै आएका विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार गरिएको हो । यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो । दुवै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ ।
परिवर्तन नेपालले आफ्नो स्थापनाकाल विसं २०५३ सालदेखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ ।
उक्त समारोहमा आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसंग आवद्ध रहिआएका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली, ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गरिएको छ ।
समारोहमा फिल्ममा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आएका छायाँकार वीरेन्द्र प्रसाद भट्ट तथा गीत–संगीतको क्षेत्रमा पत्रकारितामार्फत तथा गीत–संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आएकी सविता पोखरेललाई परिवर्तन पत्रकारिता सम्मान अर्पण गरिएको छ ।
सहमारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसीलाई नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै परिवर्तन विशेष सम्मानद्वारा सम्मानित गरिएको छ ।
नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा आयोजित समारोहमा वरिष्ठ कलाकारहरु मदन दास श्रेष्ठ, टीका पहारी, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द, चैत्यदेवी, अभिनेता शिव श्रेष्ठ, धिरेन शाक्य, नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, माननीय विपिनराज निरौला, परिवर्तन नेपालका उपाध्यष संगीतकार सन्तोष श्रेष्ठ लगायतका वरिष्ट कलाकरहरुले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहलाई पुरस्कार तथा सम्मान अर्पण गरेका थिए ।
समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै पितृ पक्षको समय पारेर आफ्ना दिवगत माता–पितता दुर्गादेवी तथा पुण्य निरौला तथा वरिष्ठ चलचित्रकर्मी चेतन कार्काको स्मृतिमा सम्मान तथा पुरस्कार अर्पण गरिएको धारणा व्इक्त गरे ।
वरिष्ठ कलाकार टिका पहारीले परिवर्तन नेपालले नेपाली कलाकारिता क्षेत्रमा योदगान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेर समाजमा सकारात्मक उर्जा प्रदान गरेको धारणा व्यक्त गरे ।
पर्यटन ,संस्कृति तथा नागरिक उड्ड्यन प्राधिकरणका सचिव मुकुन्द प्रसाद घिमिरेले चलचित्रले पनि नेपालको कला तथा संस्कृतिलाई जगेर्ना गरिरहेकोले यो क्षेत्रमा सक्रिय व्यक्तित्वत्वहरुलाई सम्मानित तथा पुरस्कृत गरेर परिवर्तन नेपालले पुण्यको कार्य गरेको धारणा व्यक्त गरे । त्यस्तै प्राकृतिक तथा वित्त आयोगका का बा अध्यक्ष बिपिनराज निरौलाले पुर्ब प्रशासक तथा साहित्यकार पुण्य निरौला र संस्कृतिविद एवं चलचित्रकर्मी चेतन कार्कीको योगदान बारे चर्चा गरेका थिए ।
सम्मानितहरुको तर्फबाट आफ्ना धारण व्यक्त गर्दै देवेन्द्र थुम्केलीले आयोजक संस्थालाई हार्दिक धन्यवा ज्ञापन गरे ।
चलचित्र निर्देशक तथाख सञ्चार कर्मी माधवराज खरेलद्वारा सञ्चालन गरिएको कार्यक्रममा परिवर्तन नेपालका उपाध्यक्ष सन्तोष श्रेष्ठले कलाकारहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिइने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उतम के सी,अभिनेता कृष्ण मल्ल,अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री चैत्यदेवि,चलचित्र संघका का बा अध्यक्ष गोपालकाजि कायस्थ,चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी उपाध्यक्ष रघुनाथ,साहित्यकार राधेश्याम लेकाली,मुरारी सिग्देल,कलाकार काली सेढाई,कलाकार दिनेश कार्की,मनिष श्रेष्ठ,भीमा मैनाली,जे बी डि सी,रोहित कार्की,लक्ष्मण चौलागाई,पुकार भट्टराई लगायतको उपस्थिति रहेको थियो
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 02, 2026
September 26, 2026
September 13, 2026
August 31, 2026
August 25, 2026
August 25, 2026
August 20, 2026
July 24, 2026
June 24, 2026
June 20, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .