इ चितवन खबर
January 27, 2026
चितवन। नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार मिना खरेलले चुनावी अभियान सुरु गरेकी छन् । भरतपुरको लन्कु स्थित उनको घरबाट शुरु भएको चुनावी अभियानमा राजनितिक दलका विभिन्न महिलाहरुले उनको घरमै पुगेर आज भव्य स्वागत गरेका हुन् ।
कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा, टोल लगाएत सबै तहका महिलाहरूको उत्साहजन सहभागिता रहेको थियो। जसमा उनिहरुले खरेललाई आशिर्वाद दिँदै जितको शुभकामना व्यक्त गरे । चितवन क्षेत्र नम्बर–२ का लगभग सबै क्षेत्रबाट महिलाहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रममा माहोल उत्साहपूर्ण बनेको थियो ।
यस्तै मिना खरेलले आफ्नै निवासमा आएर महिला दिदी बहिनी, आमाबुवाहरुबाट आशिर्वाद पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले महिलाहरूको उत्साहजनक उपस्थितिले आफ्नो जित भएको अनुभव गराएको बताईन् ।
उनी भन्छिन्, बाल मस्तिष्कदेखि राजनीतिक चेत भोगेर राजनीतिक बुझाइलाई समाजसेवाको पाटोबाट निरन्तर महिला बालबालिकाको सेवामा खटिरहे । त्यसको मूल्याङ्कन गर्दै पाटीले दिएको टिकट, मेरो उम्मेदवारीमा पार्टीका साथी र पार्टीमा नभएका अन्य स्वतन्त्र महिलाहरु मीनाको उम्मेदवारी हाम्रो उम्मेदवारी हो भन्नुभएको छ । जस्ले गर्दा समग्र महिलाको प्रतिनिधित्व गर्दै कानुन निर्माण गर्ने ठाउँमा पुगेर समाजको सेवा र बिकासमा हिजो जस्तै भोलिका दिनहरूमा पनि निरन्तरता दिन चाहान्छु ।
संविधानले ३३% महिलाको व्यवस्था गरे पनि हाल पार्टीका तर्फबाट ११ प्रतिशत मात्रै महिला उम्मेदवार भएकाले निर्वाचनमा होमिन लागेका महिला उम्मेदवारहरूलाई जिताउनुपर्ने चुनौती पनि रहेको उनको भनाई थियो ।
खरेलले चितवन क्षेत्र नम्बर–२ मा आफ्नो प्रतिस्पर्धी अरू कोही नभई आफू स्वयं भएको दाबी गर्दै यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशतभन्दा बढी महिलाहरू रहेको कारण चितवनका महिलाहरूले आफूलाई मतदान गर्ने पूर्ण विश्वास व्यक्त गरिन् । महिलाहरूको न्यायका लागि सधैँ अग्रपंक्तिमा रहने बताउँदै उनले यस क्षेत्रबाट विजयी भएमा महिलामाथि हुने अन्याय, हिंसा र विभेदका मुद्दा संसदमा सशक्त रूपमा उठाउने स्पष्ट पारीन् ।
विजय पश्चात् चितवन क्षेत्र नम्बर–२ को पहिचान मजबुत बनाउँदै राष्ट्रिय स्तरमै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै खरेलले आफ्नो व्यावहारिक अनुभव र विगतको कामका आधारमा आफू जिम्मेवारी वहन गर्न पूर्ण रूपमा सक्षम रहेको बताइन् ।
भरतपुरको लन्कु स्थित उनको घरबाट शुरु भएको चुनावी अभियानमा राजनितिक दलका विभिन्न महिलाहरुले उनको घरमै पुगेर भव्य स्वागत गरेका हुन् । कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा, टोल लगाएत सबै तहका महिलाहरूको उत्साहजन सहभागिता रहेको थियो। जसमा उनिहरुले खरेललाई आशिर्वाद दिँदै जितको शुभकामना व्यक्त गरे ।
चितवन क्षेत्र नम्बर–२ का लगभग सबै क्षेत्रबाट महिलाहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रममा माहोल उत्साहपूर्ण बनेको थियो । यस्तै मिना खरेलले आफ्नै निवासमा आएर महिला दिदी बहिनी, आमाबुवाहरुबाट आशिर्वाद पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले महिलाहरूको उत्साहजनक उपस्थितिले आफ्नो जित भएको अनुभव गराएको बताईन् । उनी भन्छिन्, बाल मस्तिष्कदेखि राजनीतिक चेत भोगेर राजनीतिक बुझाइलाई समाजसेवाको पाटोबाट निरन्तर महिला बालबालिकाको सेवामा खटिरहे । त्यसको मूल्याङ्कन गर्दै पाटीले दिएको टिकट, मेरो उम्मेदवारीमा पार्टीका साथी र पार्टीमा नभएका अन्य स्वतन्त्र महिलाहरु मीनाको उम्मेदवारी हाम्रो उम्मेदवारी हो भन्नुभएको छ । जस्ले गर्दा समग्र महिलाको प्रतिनिधित्व गर्दै कानुन निर्माण गर्ने ठाउँमा पुगेर समाजको सेवा र बिकासमा हिजो जस्तै भोलिका दिनहरूमा पनि निरन्तरता दिन चाहान्छु ।
संविधानले ३३% महिलाको व्यवस्था गरे पनि हाल पार्टीका तर्फबाट ११ प्रतिशत मात्रै महिला उम्मेदवार भएकाले निर्वाचनमा होमिन लागेका महिला उम्मेदवारहरूलाई जिताउनुपर्ने चुनौती पनि रहेको उनको भनाई थियो । खरेलले चितवन क्षेत्र नम्बर–२ मा आफ्नो प्रतिस्पर्धी अरू कोही नभई आफू स्वयं भएको दाबी गर्दै यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशतभन्दा बढी महिलाहरू रहेको कारण चितवनका महिलाहरूले आफूलाई मतदान गर्ने पूर्ण विश्वास व्यक्त गरिन् । महिलाहरूको न्यायका लागि सधैँ अग्रपंक्तिमा रहने बताउँदै उनले यस क्षेत्रबाट विजयी भएमा महिलामाथि हुने अन्याय, हिंसा र विभेदका मुद्दा संसदमा सशक्त रूपमा उठाउने स्पष्ट पारीन् ।
विजय पश्चात् चितवन क्षेत्र नम्बर–२ को पहिचान मजबुत बनाउँदै राष्ट्रिय स्तरमै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै खरेलले आफ्नो व्यावहारिक अनुभव र विगतको कामका आधारमा आफू जिम्मेवारी वहन गर्न पूर्ण रूपमा सक्षम रहेको बताइन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 03, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .