बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

इ चितवन खबर

February 02, 2026

बागलुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि मतदाता समक्ष पुगेर भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन् ।
 
 
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा यसपाली २३ जना चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बरमा २ मा १२ जना उम्मेदवार छन् । उनीहरु सबै दूरदराजका बस्तीदेखि सहर बजारका चोक र गल्लीमा भोट मागी रहेको भेटिन्छन् । निर्वाचन हाँक्न दलले नेतृत्व पनि चयन गरिसकेका छन् । सबै दलले निर्वाचनका लागि सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्ता परिचालन गरिसकेका छन् । क्षेत्रीय तहमा निर्वाचनका कमान्डर बनाएर प्रचार अभियान थालिएको हो । 
 
 
नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा चण्डीप्रसाद शर्माको नेतृत्वमा दुई वटा प्रदेश क्षेत्रका सभापतिसहित पदाधिकारीलाई निर्वाचन परिचालन समितिमा राखेर काम थालिएको छ । नेकपा (एमाले)ले पूर्वसांसद् सूर्य पाठकलाई निर्वाचन परिचालनको कमान्डर बनाएको छ भने राष्ट्रिय जनमोर्चाले तिलक थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले रोशन खड्काको नेतृत्वमा प्रचार अभियान थालेका छन् । 
 
 
पहिलो चरणमा निर्वाचनमा होमिएका उम्मेदवारले घर घरमा पुगेर जनतालाई भेट्ने, राजनीतिक प्रशिक्षण गर्ने र आफ्नो दलको उद्देश्य र लक्ष्यबारे बताउन थालेका छन् । निर्वाचन लक्षित गरेर राजनीतिक दलहरूले एक हजार पाँच सय जनासम्म सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेका छन् । 
 
 
निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले क्षेत्रीय सभापति जोकलाल बुढा, एमालेले विष्णुप्रसाद भुसाल, नेकपाले फमलाल निउरे र रास्वपाले ढालेन्द्र रायमाझीलाई प्रचार संयोजक बनाएको छ । प्रारम्भिक चरणमा क्षेत्र नम्बर २ मा पनि दलले घरदैलो कार्यक्रम गरिरहेका छन् । उम्मेदवारी दर्तापछि दैनिक विभिन्न दलका नेता तथा उम्मेदवार भोट माग्न आउने गरेको बागलुङ नगरपालिका–७ की सकुन्तला सापकोटले बताउनुभयो । 
 
 
सापकोटाले भन्नुभयो,  “उम्मेदवार धेरै रैछन्, दिनदिनै आउँछन् भोट मलाई भन्छन्, हामीहरुले जनताको काम गर्छ, सशासन कायम गर्छ उसैलाई भोट दिन्छौँ भनेको छौँ, चुनाव आउन अझै एक महिना बढी छ, तर भोट माग्ने आउने नेताहरुको कारण चुनाव आइसके जस्तो भइरहेको छ ।”
 
 
ढोरपाटन नगरपालिका–१ का खगेश्वर खत्रीले भोट माग्ने नेता तथा उम्मेदवारका कारण चुनावी सरगर्मी बढेको बताउनुभयो । यस क्षेत्रमा १२ जना उम्मेदवार रहेको भन्दै दिनहुँ जसो मत माग्ने आउने गरेको उहाँको भनाइ छ ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

October 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .