इ चितवन खबर
February 04, 2026
मेष: कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। शैक्षिक क्षेत्र कमजोर रहनेछ।
वृष: विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
मिथुन: कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रणय सम्बन्ध बढेर जाने समय छ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ। मन्त्र- मेरो समय मूल्यवान छ।
कर्कट: टाढिएका आफन्तसँग पुनः सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
सिंह: घर परिवारमा सुख सन्तोष छाउनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। सरकारी निकायको भय रहनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ।
कन्या: दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मन्त्र- म लक्ष्यबाट विचलित हुदिनँ।
तुला: प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
वृश्चिक: मन पर्ने वस्त्र, अलङ्कार उपहार पाइनेछ। धार्मिक र सफल यात्रा होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका अधुरा काम पूरा हुनेछन्।
धनु: प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ, सचेत हुनुपर्छ। अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ। सेयर बजारको कारोबारमा मन्दी आउला। मन्त्र- अनुशासन नै मेरो पहिचान हो।
मकर: वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा पारिवारिक झमेला हुन सक्ने र खर्च बढ्नेछ।
कुम्भ: विद्या र बुद्धिको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिन्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।
मीन: प्राविधिक कार्यमा सफलता मिल्ला। मङ्गल कार्यको योग छ र सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। मन्त्र- जोखिम होइन, रणनीति रोज।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 08, 2026
February 28, 2026
February 26, 2026
January 29, 2026
November 23, 2025
November 12, 2025
September 04, 2025
August 23, 2025
August 13, 2025
July 26, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .