इ चितवन खबर
July 04, 2026
मेष : सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साह छाउनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान खडा गर्न सक्नेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुने देखिन्छ ।
वृष : यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । भूधन लाभदायी रहनेछ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् ।
मिथुन : आमदानीका स्रोत बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।
कर्कट : आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलवान् छ । शत्रु पक्ष भने सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले शीतजन्य वस्तुको प्रयोगमा सजगता अपनाउनु शुभ रहनेछ ।
सिंह : प्रेम जीवन सुखद् रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धार्मिक कार्यमा पनि मन जानेछ ।
कन्या : कार्यमा उन्नति प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तराद्र्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहनसक्ने देखिन्छ ।
तुला : आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाब रहनेछ ।
वृश्चिक : व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल र सुखद रहनेछ । शत्रु पक्ष सबल रहे पनि जीत आफ्नो पक्षमा हुने देखिन्छ । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।
धनु : पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु नै उत्तम हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।
मकर : कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । मित्रप्रतिको विश्वास कार्य सम्मपन्नताका लागि कच्चा हुन सक्नेछ । शत्रु पक्ष पनि सबल रहनक्ने छन् । भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।
कुम्भ : आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।
मीन : सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । सुखद् यात्राका योग पनि देखिन्छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 08, 2026
February 28, 2026
February 26, 2026
February 04, 2026
January 29, 2026
November 23, 2025
November 12, 2025
September 04, 2025
August 23, 2025
August 13, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .