इ चितवन खबर
February 19, 2026
दाङ। नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले झापादेखि कञ्जनपुरका आमनागरिकको चाहना तथा सुझावका कारण आफूहरु चुनावमा होमिएको बताउनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र नं ३ को चुनावी सभालाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले जनताको चाहनालाई सङ्घर्षको मोर्चाका रूपमा स्वीकार गर्दै नागरिकले निर्वाचनमार्फत सरकार बनाउन माग गरेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताउनुभयो ।
महासचिव चन्दले निर्वाचन सरकार बनाउने वा मन्त्री बन्ने माध्यम मात्र नभई जेनजी पुस्ताका माग, नागरिकले उठाएका विभिन्न सवाल तथा जनयुद्धका अपूरा ‘एजेन्डा’लाई संसद्मा पु¥याउने आधार पनि भएको उल्लेख गर्नुभयो । उहाँले दाङ निर्वाचन क्षेत्र नं ३ मा पार्टीको उम्मेदवारी नेतृत्वको व्यक्तिगत इच्छा नभई जनताको सुझावको परिणाम भएको धारणा राख्नुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 01, 2026
September 30, 2026
September 26, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .