देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

इ चितवन खबर

February 19, 2026

कैलाली। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा उत्रिएको बताउनुभएको छ ।

    
रास्वपाले धनगढीमा आयोजना गरेकोे परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उहाँले रास्वपाले राजनीतिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाइ जनतालाई अधिकार सम्पन्न बनाउने बताउनुभयो । “हामी कसैको राजनीतिक आकांक्षा ठूलो कुरा होइन”, उहाँले भन्नुभयो, “देशको राजनीतिक आंकाक्षा केन्द्रमा राखेर यस हामी पटक निर्वाचनमा आएका हौँ ।”

    
राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेकाले निर्वाचनमा स्वविवेकले मताधिकार प्रयोग गर्न जनतालाई आग्रह गर्नुभयो । 

    
सोही कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिम र देश बनाउने जिम्मा अब राष्ट्रिय स्वतन्त्र पाटीको काँधमा आएको बताउनुभयो । निर्वाचनबाट यदि ठूलो दल बनेर सरकारमा जान सकेमा नेपालीको सपना साकार पार्ने उहाँको भनाइ थियो ।

    
वरिष्ठ नेता शाहले गरिब तथा विपन्न वर्गले प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्यलगायतका विषयहरूनै पार्टीको एजेन्डा रहेको उल्लेख गर्नुभयो ।


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .