राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

इ चितवन खबर

February 19, 2026

धरान। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । 
 
 
आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो । उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो । समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उहाँको भनाई थियो ।
 
 
उहाँले भन्नुभयो, “यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।”


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .