निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

इ चितवन खबर

February 21, 2026

लुम्बिनी। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
 
 
निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिनुभएको बैठक पछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराउनुभयो । 
 
 
प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो ।
 
 
जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरुपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो ।
 
 
जिल्लागत रुपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरुप अघि बढ्न निर्देशन दिनुभएको प्रमुख सचिव काप्रीले बताउनुभयो । 
 
 
प्रदेशका १२ वटै जिल्लामा तयारी, प्रदेशमा गठन भएको निर्वाचन कमाण्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्ति पूर्ण रुपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको प्रमुख सचिव काप्रीले जानकारी गराउनुभयो ।
 
 
बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत बैठकमा सहभागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभएको थियो । 
 
 
यस्तै प्रदेश सरकारका प्रमुख सचिव काप्रीले समग्र प्रदेशको तयारीका अवस्थामा जानकारी गराइएको बताउनुभयो ।
 
 
जिल्लागत रुपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराउनुभयो । जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो । 
 
 
प्रधानमन्त्रीको निर्देशनबाट निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न थप हौसला मिलेको र प्रतिबद्धताका साथ निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न लाग्ने प्रमुख सचिव काप्रीले बताउनुभयो । 
 
 
एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित सूचना गरेर आवश्यक रणनीति तय गरिने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । 
 
 
प्रदेश सरकारले पनि यो निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मेवारी रहेकाले प्रदेश सरकारका जिल्लास्थित निकायहरु, स्थानीय तहबाट सहयोग लिएर निर्वाचन तयारीको काम भइरहेको जानकारी गराउनुभयो ।
 
 
प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये प्रमुख रुपमा तराईका जिल्लामा खुला सीमाना प्रमुख साझा चुनौतीका रुपमा रहेका विषयमा छलफल भएको बताउनुभयो । 
 
 
यस प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्ममा ४१४ किलोमिटर खुला सिमाना छ । प्रदेशमा एउटा हिमाली जिल्ला रुकुमपूर्व सञ्चारमा सूचना सङ्कलन, पहुँचजस्ता विषय, जनसाङ्ख्यिक विविधताका हिसाबले धार्मिक, जातीय र भौगोलिकताजस्ता विषयमा समस्या आउनसक्ने सम्भावना लाई पहिचान गरेर तयारी गरिने बताउनुभयो । 
 
 
प्रधानमन्त्रीसमक्ष यस्ता विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी गराउनुभएको बताउनुभयो । 

 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

October 04, 2026

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

October 01, 2026

अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

September 30, 2026

कांग्रेस महाधिवेशन तयारी समितिमा दीपक अधिकारीलाई चितवनको सह–संयोजकको जिम्मेवारी

September 26, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .