भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै

इ चितवन खबर

February 22, 2026

चितवन। जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न् निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि कार्यान्वयनमा ल्याइने जनाइएको छ ।


निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाडौँ तथा पोखरा जाने यात्रुवाहक बस, मिनीबस, माइक्रोलगायत सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जाने सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ ।


पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौँतर्फ जाने यात्रुवाहक सवारीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाडौँबाट पूर्व वा पश्चिम जाने सवारीले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ ।


जिल्लाबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका सवारीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सवारी रोक्न नपाइने निर्णय गरिएको छ । केन्द्रीय बसपार्क (पारस बसपार्क) र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ सोही बसपार्कमा गर्नुपर्नेछ ।


भरतपुर महानगर क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका स्थानमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।


नारायणगढबाट कावासोती, डन्डा, हेटौँडा र वीरगन्ज जाने बस तथा मिनीबसको क्यु लिने स्थान केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका स्थानबाहेक अन्यत्र ‘पिक एन्ड ड्रप’ तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय सवारीको ‘पिक एन्ड ड्रप’ स्थान महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ ।


भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबिसकोठी हुँदै लायन्सचोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित स्थलबाट छुटेका सवारी तोकिएको अन्तिम स्थानसम्म अनिवार्य पुग्नुपर्नेछ ।


जिल्लाभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आ–आफ्नो क्यु छुट्ने पार्कबाट रुट नम्बरका आधारमा सञ्चालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्य रूपमा प्रालिमा दर्ता भई सोही प्रालिको लोगो लगाएर मात्र सञ्चालन गर्नुपर्नेछ । लोगो नभएका अटो सञ्चालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ । अटोको रुट, सेक्टर विभाजन तथा रङ निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन निषेध गरिनेछ । तीनपाङ्ग्रे साना सवारीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ ।


नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा बिहान ८ः०० देखि बेलुका ८ः०० बजेसम्म ठूला मालवाहक तथा लामो दूरीका सवारी प्रवेश निषेध गरिएको छ । काठमाडौँ तथा पोखराबाट आउने यस्ता सवारीलाई पनि सोही अवधिमा बजार प्रवेशमा रोक लगाई बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । बिहान ९ः०० देखि बेलुका ७ः०० बजेसम्म बजार क्षेत्रमा मालवाहक सवारीले लोडअनलोड गर्न पाउने छैनन् ।


गोन्द्राङदेखि पुल्चोक हुँदै आँपटारीसम्म जथाभावी हर्न बजाउन निषेध गरिएको छ । पूर्वपश्चिम राजमार्ग, पुल्चोक–आँपटाँडी सडक तथा बाइपास सडकको दायाँबायाँ भागमा निजी तथा भाडाका सवारी पार्किङ निषेध गरिएको छ । पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी चोक र केन्द्रीय बसपार्क चोक लगायत स्थानमा रहेका विभिन्न यातायात प्रालिका टिकट काउन्टर, बसपार्क प्रयोग तथा कवाडी शुल्क उठाउने काउन्टर सात दिनभित्र हटाई सम्बन्धित बसपार्कमा राख्नुपर्नेछ ।


केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको बाइपास सडकखण्डका जोखिमयुक्त मिडियन क्रसिङ सडक डिभिजन कार्यालयले बन्द गराउने निर्णय गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङदेखि पुल्चोकसम्मको सर्भिस लेनलाई एकतर्फी बनाइ ट्राफिक व्यवस्थापन गरिनेछ । निर्णय कार्यान्वयनका लागि आवश्यक सामग्रीको बजेट भरतपुर महानगरपालिकाले सुनिश्चित गर्ने र आफ्नो कार्यक्षेत्रभित्रका सडक पूर्वाधार सडक डिभिजन कार्यालयले व्यवस्थापन गर्ने जनाएको छ ।


बैठकमा भरतपुर महानगरपालिका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित कार्यालयका प्रमुख, महानगरका कर्मचारी, विभिन्न यातायात प्रालिका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवस्था कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । उहाँहरूले निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुका साथै आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  कार्यवाहक नगरप्रमुख अधिकारीले यातयात व्यवस्थापनको समस्या सामूहिक रूपमा समाधान गर्दै व्यवस्थित सहरीकरणमार्फत भरतपुरलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 


प्रमुख जिल्ला अधिकारी अर्यालले चितवन तथा भरतपुर देशकै मध्यभागमा रहेको हुनाले यातायात व्यवस्थापनलाई अनुशासित र प्रभावकारी बनाउन निर्णय कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भारतीले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानका लागि बहुउद्देश्यीय भवन निर्माण र सार्वजनिक–निजी पार्किङ क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले जिल्लामा भएका सवारी दुर्घटनाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापनका चुनौती, सवारी व्यवस्थापनमा देखिएका कठिनाइ तथा सुधारका लागि आवश्यक योजना र निर्णयबारे जानकारी गराउनुभएको थियो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

July 01, 2026

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

July 01, 2026

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

June 30, 2026

१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा

June 29, 2026

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर

June 29, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

June 29, 2026

असार १६ र १७ गते भारी वर्षाको सम्भावना

June 29, 2026

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

June 29, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .